शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको १४ सहरमा नेपाली कमेडियनको प्रस्तुति

मङ्गलबार, १५ फागुन २०८०, १२ : १०
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । नयाँ पुस्ताका हास्य कलाकारहरू सहभागी अमेरिका केन्द्रित कार्यक्रम ‘अब हाँस्छ अमेरिका’ सकिएको छ । अमेरिकाको विभिन्न १४ सहरमा कार्यक्रम सकिएको संयोजक विनोद अधिकारीले जानकारी दिए ।

फ्लाई नेपालको आयोजना र हास्य कलाकारहरू सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल (विष्णु प्रसाद पौडेल), साजन श्रेष्ठ र सन्तोष थापा सहभागी कार्यक्रम फेब्रुअरी २४मा सकिएको हो ।

गत जनवरी १२ मा नर्थ क्यारोलिनाबाट सुरु भएको कार्यक्रम १५ मा मिचिगन, २० मा न्यूयोर्क, २१ मा कनेक्टीक्युट, २२ मा बोस्टन, २९ मा रोचेस्ट्र न्यूयोर्क आयोजना भएको थियो । 

यस्तै, फेब्रुअरी २ मा ह्युस्टन, ३ मा डालस टेक्सास, ९ मा लस एन्जल्स, १२ मा सन फ्रान्सिस्को, १६ मा भर्जिनिया, १७ मा ह्यारिसबर्ग पेन्सिलभेनिया, १८ मा बाल्टिमोर, मेरिल्याण्ड र २४ मा कोलम्बस, ओहायोमा कार्यक्रम भएको थियो ।

संयोजक अधिकारीका अनुसार जनवरी २० न्यूयोर्क, फेब्रुअरी १६ भर्जिनिया र १८ मा बाल्टिमोर, मेरिल्याण्डमा आयोजित कार्यक्रममा अमेरिकन सरकारी निकायको तर्फबाट सम्मान समेत गरिएको थियो ।

‘अमेरिकाको पूर्वदेखि पश्चिमसम्म रहनुहुने नेपाली कहाँ हामी पुग्न सफल भयौँ । उहाँहरूलाई हँसाउन सफल भयौँ । अमेरिकामा यति भव्य रूपमा सम्पन्न हाँस्य कार्यक्रम सम्भवतः यो नै पहिलो हो’ संयोजक अधिकारीले भने, ‘कार्यक्रमले परदेशलाई घर देशसँग जोडेको छ ।’ उनले आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप