अंश पाउने फैसलापछि निशाले भनिन्, ‘एक अर्काको सम्पत्तिमा नजर छैन’
काठमाडौँ । अभिनेत्री निशा अधिकारीले एक अर्काको सम्पत्तिमा नजर नरहेको प्रष्टीकरण दिएकी छिन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै शरदको सम्पत्तिमा नजर नरहेको प्रष्टीकरण दिएकी हुन् ।
अभिनेत्री निशा अधिकारी र पूर्वक्रिकेटर शरद भेषवाकरबिचको अंश मुद्दामा काठमाडौँ जिल्ला अदालतले निशाले अंश पाउने फैसला सुनाएको छ । काठमाडौँ जिल्ला अदालतले सगोलको सम्पत्तिको तीन भागको एक भाग निशाले पाउने फैसला सुनाएको हो । निशा र शरदको बच्चाको उमेर १८ वर्ष नहुँदासम्म आमाबाबु दुवैको संरक्षणमा रहनुपर्ने पनि अदालतको फैसलामा उल्लेख छ ।
अंश नपाउँदासम्म माना चामल बापत निशा र जायजन्म भएका बालकका लागि शरदबाट मासिक ४१ हजार रुपैयाँ भराइदिने पनि फैसलामा उल्लेख छ । निशा र शरदबिचको सम्बन्धमा दरार आई अंश मुद्दा दायर भए लगत्तै निशाविरुद्ध सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएको थियो । सोही कुरालाई उल्लेख गर्दै निशाले गाली खाँदै आए पनि उनी हालसम्म मौन रहकी थिइन् । अंश मुद्दा टुङ्गिएको समाचार बाहिर आए लगत्तै निशाले आफले सम्पत्तिका लागि यो गरेको नभई छोराको भविष्यका लागि यस्तो गर्न बाध्य भएको बताएकी हुन् । उनले आफ्नो मुद्दा व्यक्तिगत विषय भएको समेत बताएकी छिन् ।
‘मेरो छोराको बुबा र मैले एकअर्काेबाट एक पैसा नलिने र हाम्रो भाग सब बाबुको नाममा राख्ने निर्णय गरेर प्रक्रिया अगाडि बढेको छ’, उनले अगाडि भनेकी छन् ‘तसर्थ एक अर्काको सम्पत्तिमा दुवैको नजर नरहेको कुरा छ ।’ उनले आफ्नो एक मात्र सन्तानको आर्थिक पाटो सुल्झाउन पाएकोमा ढुक्कसँग मर्न पाउने मात्र होइन, यो कुराले आफूलाई गर्व समेत हुने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण