समाजकल्याण परिषद्की बोर्ड सदस्य आस्था केसीलाई लेखा समितिबाट बाहिर निकालियो
काठमाडौँ । समाजकल्याण परिषद्की बोर्ड सदस्य सुशीला केसी ( आस्था) लाई लेखा समितिको बैठकबाट बाहिर निकालिएको छ । मंगलबार संसद्को लेखा समितिमा समाजकल्याण परिषद्मा भइरहेको भ्रष्टाचारलगायत विषयमा छलफल भइरहँदा असंसदीय गतिविधि गरेको आरोपमा उनलाई बैठक स्थलबाट बाहिर निकालिएको हो ।
बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देश भाँड्नमा समाजकल्याण परिषद्को भूमिका रहेको र पार्टीका आफन्त भर्ती केन्द्र भएको आरोप लगाएका थिए । उनले पहिला राजाको पालामा रानीको काम नभएका कारण समाज कल्याण परिषद् खोलेर आसेपासे राखेजस्तै गणतन्त्रमा नेताका आफन्त र आसेपासे भर्तीकेन्द्र भएको आरोप लगाए ।
एनजिओ आईएनजिओको अनुगमन गर्न सक्दैन भने समाज कल्याण परिषद्को काम नभएको उनले बताए । आफ्नो भनाई राखेर समिति सभापति सँग अनुमति लिएर बाहिर निस्कनै लाग्दा परिषद्की बोर्ड सदस्य केसीले आफूले जे मन लाग्यो त्यही बोलेपछि जवाफ सुनेर जानुपर्दैन भनेर सांसद सिंहलाई भनिन् । त्यसपछि दुई जनाको विवाद भएपछि सभापति ऋषिकेश पोखरेलले केसीले असंसदीय गतिविधि गरेको भन्दै बैठकबाट बाहिर निस्कन आदेश दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण