सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समिति बैठक

समाजकल्याण परिषद्की बोर्ड सदस्य आस्था केसीलाई लेखा समितिबाट बाहिर निकालियो

मङ्गलबार, १५ फागुन २०८०, २१ : ००
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । समाजकल्याण परिषद्की बोर्ड सदस्य सुशीला केसी ( आस्था) लाई लेखा समितिको बैठकबाट बाहिर निकालिएको छ । मंगलबार संसद्को लेखा समितिमा समाजकल्याण परिषद्मा भइरहेको भ्रष्टाचारलगायत विषयमा छलफल भइरहँदा असंसदीय गतिविधि गरेको आरोपमा उनलाई बैठक स्थलबाट बाहिर निकालिएको हो । 

बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देश भाँड्नमा समाजकल्याण परिषद्को भूमिका रहेको र पार्टीका आफन्त भर्ती केन्द्र भएको आरोप लगाएका थिए । उनले पहिला राजाको पालामा रानीको काम नभएका कारण समाज कल्याण परिषद् खोलेर आसेपासे राखेजस्तै गणतन्त्रमा नेताका आफन्त र आसेपासे भर्तीकेन्द्र भएको आरोप लगाए । 

एनजिओ आईएनजिओको अनुगमन गर्न सक्दैन भने समाज कल्याण परिषद्को काम नभएको उनले बताए । आफ्नो भनाई राखेर समिति सभापति सँग अनुमति लिएर बाहिर निस्कनै लाग्दा परिषद्की बोर्ड सदस्य केसीले आफूले जे मन लाग्यो त्यही बोलेपछि जवाफ सुनेर जानुपर्दैन भनेर सांसद सिंहलाई भनिन् ।  त्यसपछि दुई जनाको विवाद भएपछि  सभापति ऋषिकेश पोखरेलले केसीले असंसदीय गतिविधि गरेको भन्दै बैठकबाट बाहिर निस्कन आदेश दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप