‘रङ्गेली’मा मेरो चरित्र प्रेमभन्दा माथि छ : अभिनेत्री मिरुना
_nCQGDe3OYi.jpg)
काठमाडौँ । अभिनेत्री मिरुना मगर पछिल्लो समय फिल्म ‘रङ्गेली’का कारण मिडियामा छाइरहेकी छन् । यही फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘रङ्गेली’मा उनको ‘जुनकिरी’ नामक चरित्र छ । फिल्ममा आफूलाई दर्शकले थारु गेटअपमा ‘जुनकिरी’ चरित्रमा देख्न पाउनेछन् । त्यो आफ्नो अहिलेसम्मकै फरक अभिनय रहेको उनी बताउँछिन् । जुनकिरी चरित्रमा अभिनय गरिरहँदा आफूले समाजका धेरै पात्रहरूको प्रतिनिधित्व गरेको अनुभव भएको उनले स्मरण गरिन् ।
‘जुनकिरी एकदमै स्वतन्त्र र आफ्नै बाटोमा हिँडिरहेकी पात्र हो । यस चलचित्रका खलपात्रहरु जो ‘ब्ल्याक एण्ड ह्वाइट’ नभईकन ‘ग्रे’ जोनका छन्, उनीहरूको यात्रामा उसले आफैलाई एकदमै कठोर तरिकाले डिल गर्छिन् त ? यो चलचित्रमा हेर्न पाइन्छ’, मिरुना भन्छिन् ।
फिल्मको स्क्रिप्ट पढ्दादेखि नै जुनकिरीको चरित्र विकासमा ध्यान दिएकी बताउने उनले समाजमै भएको पात्रहरूलाई हेरेर उनीहरूको यात्रा, भावना र भोगाइलाई वास्तविक हिसाबले चलचित्रमा प्रस्तुत गरेको बताउँछिन् । उनी चलचित्रमा जुनकिरीको सम्बन्ध अन्य चरित्रसँग ‘चाखलाग्दो’ र ‘जटिल’ रहेको समेत मान्छिन् । चलचित्रमा महिला कलाकारलाई प्रेमको पात्रको रूपमा मात्र चित्रण गरिने गरिन्छ । तर यो चलचित्रमा आफ्नो चरित्र प्रेम भन्दा माथि रहेको उनको धारणा छ ।
मिरुना आफूले चलचित्रमा निर्वाह गरेको ‘जुनकिरी’ चरित्रको आयामबाट दर्शकले धेरै कुरा सिक्न सक्ने समेत दाबी गर्छन् । ‘जुनकिरी एउटा विश्वभित्र एक्लै लडिरहेकी हुन्छिन् । उसले आफ्नो जीवन अगाडि बढाइरहँदा आउने उतार चढावले जुनकिरीमाथि चुनौती थप्छ’, मिरुना थप्छिन्, ‘त्यो चुनौतीलाई डिल गर्दै जुनकिरी एकदमै दह्रो भएर अगाडि आउँछिन् । त्यो कुरा दर्शकले चलचित्र हेर्दा महसुस गर्नुहुनेछ ।’ उनले मानव जीवनमा र चरित्र निर्वाह गर्दा भोगेको समानान्तर अनुभव, अवस्था या देखिरहेको अवस्थालाई खोतलेर त्यहाँबाट प्राप्त भावनालाई आफ्नो चरित्रमा देखाउने प्रयास गरेको खुलाइन् ।
‘रङ्गेली’ अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्म हो । फिल्ममा मिरुनाको अलावा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ । चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ रहेका छन् । युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । चलचित्र सुशन प्रजापतिले छायाङ्कन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन
-
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति
-
यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोडभन्दा बढी राजस्व सङ्कलन
-
नवउदारवाद मर्दैछ, प्रविधि सामन्तवाद जन्मदैछ