रुसले ६ महिनाका लागि लगायो ‘पेट्रोल’ निर्यातमा रोक
मङ्गलबार, १५ फागुन २०८०, १५ : ००
मस्को । रुसले पेट्रोल (ग्यासोलिन)को निर्यातमा रोक लगाएको छ । यो प्रतिबन्ध मार्च १ देखि लागू हुनेछ । स्थानीय स्तरमा उपभोक्ता र किसानहरूबाट ग्यासोलिनको माग बढिरहँदा मंगलबार यो घोषणा आएको हो ।
तेल प्रशोधन कम्पनीहरूले प्रशोधन केन्द्र मर्मत सम्भारको योजना बनाइरहेका छन् । यस्तोमा स्थानीय स्तरमा पेट्रोलको अभाव भएर मूल्य बढ्ने स्थिति टार्न यो कदम चालिएको हो । रुसी उपप्रधानमन्त्री आलेक्जान्डर नोभाककी प्रवक्ताले पनि प्रतिबन्धको पुष्टि गरेकी छिन् ।
घरेलु स्तरमा ग्यासोलिनको मूल्य वृद्धि र अभावको स्थिति उत्पन्न भएपछि रुसले गएको वर्ष सेप्टेम्बरदेखि नोभेम्बरको बिचमा पनि यस्तै खालको प्रतिबन्ध लगाएको थियो । अहिलेको प्रतिबन्धमा बेलारुस, काजकस्तान, अर्मेनिया र क्रिगस्तानलाई छूट दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण