संसद् भवन प्रवेश गरेका लघुवित्तका ऋणिहरुलाई मुद्दा चलाउने निर्णय
काठमाडौँ । निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणिहरुलाई प्रहरीले मुद्दा चलाउने भएको छ । बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ मा ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
पक्राउ गरिएकाहरुलाई मुद्दा चलाइने काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । प्रहरी वरिष्ठ उपरीक्षक खत्री भन्छन्,‘अराज गतिविधिमा संलग्नहरुविरुद्ध मुद्दा चल्छ, अहिले छनोट गर्ने काम भइरहेको छ ।’
संवेदनशील क्षेत्रमा प्रवेश गर्न उक्साउने र अराजक गतिविधि गर्नेहरुलाई पहिचान गरेर पक्राउ परेकामध्ये केहीलाई मात्र छाड्ने प्रहरीको तयारी छ । उनीहरुविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले मुलुकी अपराध संहिता–२०७४ अनुसार सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने भएको छ ।
घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण