इमरान खान र बुशरा बिबीको सजायविरुद्ध दायर याचिका स्वीकृत
इस्लामाबाद । इस्लामाबाद उच्च अदालत (आईएचसी)ले साइफर र तोशाखाना मामिलामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान, उनकी पत्नी र पूर्व मन्त्रीलाई दिइएको सजायविरुद्धको अपिल स्वीकार गरेको छ ।
अदालतले मार्च ७ सम्ममा सुनुवाइ प्रतिवेदन बुझाउन ट्रायल अदालतलाई निर्देशन दिएको छ । विशेष अदालतले साइफर मामिलामा इमरान खान र पूर्वमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको जेल सजाय सुनाएको थियो ।
त्यसैगरी तोशाखाना मामिलामा इमरान र उनकी श्रीमती बुशरा बिबीलाई १४ वर्षको जेल सजाय सुनाइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आईएचसीका प्रधानन्यायाधीश आमिर फारुक र न्यायाधीश मियाँगुल हसन औरङ्गजेबको इजलासले दुवै अपिलमा सुनुवाइ गरेका थिए । पीटीआई नेताहरूलाई दोषी ठहर गर्न अपनाइएका धेरै प्रक्रियाहरूमा अनियमितता भएको दाबी इमरान खानका वकिलहरूको छ ।
अपिलका अनुसार पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारी र रिमाण्डको सुनुवाइ गत वर्ष १६ अगस्टमा गोप्य तरिकाले भएको थियो । अभियोजन पक्षले पूरा अभिलेख साझा नगरेको र न्यायाधीशले हतारमा उनलाई दोषी ठहराएको अपिलमा बताइएको छ । आईएचसीको एउटा इजलासले दुई पटक सुनुवाइ रद्द गरेको दाबी पनि यसमा छ । तोशाखाना मामिलामा इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई सोधपुछ नगरी दोषी ठहर गरिएको दाबी अपिलको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण