आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पीटीआईले मानेन मरियम नवाजलाई पञ्जाबको मुख्यमन्त्री

मङ्गलबार, १५ फागुन २०८०, १६ : ०५
मङ्गलबार, १५ फागुन २०८०

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले विद्रोहमा उत्रिएको छ । पार्टीले पञ्जाब विधानसभामा मुख्यमन्त्री चुनावका लागि समानान्तर अधिवेशन बोलाउने योजना बनाएको छ । 

यही समानान्तर अधिवेशनबाट मुख्यमन्त्री, सभामुख र उपमुख्यमन्त्रीको निर्वाचन गरिनेछ । पाकिस्तान मुस्लिम लिग नवाजले आफ्नो नेता मरियम नवाजलाई पञ्जाब विधानसभामा मुख्यमन्त्री चयन गरेको थियो । मरियम नवाज ‘चोरेको जनादेश’बाट मुख्यमन्त्री बनेको दाबी पीटीआईको छ ।

सोमबार मरियम पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । उनी पाकिस्तानको इतिहासमै पहिलो पटक प्रान्तीय मुख्यमन्त्री बनेकी हुन् । पञ्जाब विधानसभामा ३२७ सिट छन् र सीएम बन्न उनलाई आधा अर्थान् १८७ मत चाहिएको थियो । चुनावमा मरियमले २२० मत प्राप्त गरिन् । मरियमले पीटीआई समर्थित सुन्नी इत्तेहाद काउन्सिलका सदस्य राना आफताबलाई पराजित गरेकी थिइन् । सुन्नी इत्तेहाद काउन्सिलका सदस्यहरूले सभाको प्रक्रिया बहिष्कार गर्दा राणा अफताबले एउटै मत पाएनन् ।

अब चाँहि पीटीआईले पञ्जाब विधानसभाको समानान्तर अधिवेशन बोलाउने योजना बनाएको छ । यो अधिवेशनमा विधानसभाका २५० सदस्य सहभागी हुने दाबी पीटीआईको छ । पञ्जाब विधानसभामा मरियम नवाजसमेत  आधा भन्दा बढी सदस्य जनादेश चोरेर पुगेको दाबी पीटीआई नेता शौकत बसराले एक पत्रकार सम्मेलनमा गरेका थिए । मरियम नवाज पीटीआई समर्थित उम्मेद्वार मेहर शराफतसँग हारेकी थिइन् । तर पछि उनलाई जिताइएको उनको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप