पीटीआईले मानेन मरियम नवाजलाई पञ्जाबको मुख्यमन्त्री
इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले विद्रोहमा उत्रिएको छ । पार्टीले पञ्जाब विधानसभामा मुख्यमन्त्री चुनावका लागि समानान्तर अधिवेशन बोलाउने योजना बनाएको छ ।
यही समानान्तर अधिवेशनबाट मुख्यमन्त्री, सभामुख र उपमुख्यमन्त्रीको निर्वाचन गरिनेछ । पाकिस्तान मुस्लिम लिग नवाजले आफ्नो नेता मरियम नवाजलाई पञ्जाब विधानसभामा मुख्यमन्त्री चयन गरेको थियो । मरियम नवाज ‘चोरेको जनादेश’बाट मुख्यमन्त्री बनेको दाबी पीटीआईको छ ।
सोमबार मरियम पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । उनी पाकिस्तानको इतिहासमै पहिलो पटक प्रान्तीय मुख्यमन्त्री बनेकी हुन् । पञ्जाब विधानसभामा ३२७ सिट छन् र सीएम बन्न उनलाई आधा अर्थान् १८७ मत चाहिएको थियो । चुनावमा मरियमले २२० मत प्राप्त गरिन् । मरियमले पीटीआई समर्थित सुन्नी इत्तेहाद काउन्सिलका सदस्य राना आफताबलाई पराजित गरेकी थिइन् । सुन्नी इत्तेहाद काउन्सिलका सदस्यहरूले सभाको प्रक्रिया बहिष्कार गर्दा राणा अफताबले एउटै मत पाएनन् ।
अब चाँहि पीटीआईले पञ्जाब विधानसभाको समानान्तर अधिवेशन बोलाउने योजना बनाएको छ । यो अधिवेशनमा विधानसभाका २५० सदस्य सहभागी हुने दाबी पीटीआईको छ । पञ्जाब विधानसभामा मरियम नवाजसमेत आधा भन्दा बढी सदस्य जनादेश चोरेर पुगेको दाबी पीटीआई नेता शौकत बसराले एक पत्रकार सम्मेलनमा गरेका थिए । मरियम नवाज पीटीआई समर्थित उम्मेद्वार मेहर शराफतसँग हारेकी थिइन् । तर पछि उनलाई जिताइएको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण