आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनमा प्रफुल र नङ्शलको लगातार दोस्रो जित

मङ्गलबार, १५ फागुन २०८०, १६ : ४२
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । ललितपुरका प्रफुल महर्जन र भोजपुरकी नङ्शल तामाङले १३औँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा शीर्ष आठको एकलतर्फ मंगलबार अर्को जित हात पारेका छन् ।

प्रफुलले पुरुष एकलतर्फको खेलमा एपीएफ क्लबका देवराज रानालाई २१–१३, १३–२१, २१–१३ अंकले र नङ्शलले महिला एकलमा एपीएफ क्लबकी शोभा गौचनलाई २१–१६, २०–२२, २१–११ अंकले पराजित गरे । जारी प्रतियोगितामा यी दुवै खेलाडीको यो दोस्रो जित हो ।

लिगको पुरुष एकलतर्फ एपीएफ क्लबका प्रिन्स दाहालले एपीएफकै विजित थापामगरलाई २१–११, २१–११, नेपाल पुलिसका क्लबका सुनिल जोशीले पुलिसकै जीवन आचार्यलाई २१–१३, २१–१७ र पुलिसका बिष्णु कटुवालले पुलिसका दीपक बोहरालाई २१–१९, २१–१६ अंकले हराए ।

महिलातर्फ ललितपुरकी रसिला महर्जनले सर्लाहीकी निकिता लामालाई २१–६, २१–३, आर्मीकी अनुमाया राईले मोरङकी सीमा राजवंशीलाई २१–१८, २१–१६ र पुलिसकी निता लम्सालले आर्मी क्लबकी अमिता गिरीलाई २१–१४, २१–१७ अंकले पराजित गरे ।

एमाले निकट नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजना तथा चन्द्रगिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको सहयोगमा प्रतियोगिता भएको हो । प्रतियोगितामा शीर्ष आठदेखि बाहेकको पुरुष एकलतर्फ एपीएफका क्षितीज खनालले हुम्लाका दशरथ बुढालाई २१–८, २१–१०, आर्मीका सुविन श्रेष्ठले देबीनगर ब्याडमिन्टन क्लबका हेमन्त ऐरलाई २१–१९, २१–१० अंकले पराजित गरे ।

सोही स्पर्धाको अन्य खेलमा आर्मीकै लक्ष्मण रानाले पुलिसका हिरा राईलाई १७–२१, २१–९, २३–२१ र पुलिसका पुर्णबहादुर थापाले देबीनगर ब्याडमिन्टन क्लबका अमन भट्टलाई २१–१२, २१–१४ अंकले पराजित गरे ।

यसैगरी आर्मीका पविन लिनथेपले सुर्खेतका अनिल मल्ललाई २१–१७, २१–१३, आर्मीकै अभय महराले पर्साका सत्यम बिपिन मिश्रलाई २१–८, २१–११, आर्मीकै सन्तोष पनेरुले एपीएफका अमन महर्जनलाई २२–२०, २१–१८ र पाँचथरका दिवश संकरले पुलिसका अविक श्रेष्ठलाई २१–१३, २२–२० अंकले पराजित गरे ।

युनिग्लोब कलेजका सक्षम ढकालले पर्फेक्ट फिटनेश क्लबका दिनेश केसीलाई २१–६, २१–८, एपीएफका सुजन थापाले आर्मीका डेभिड थापा मगरलाई २१–१७, २१–१८, आर्मीका नरेन्द्र बलमे पर्साका कृष्णराज अडियालाई २१–१०, २१–५, एपीएफका रोशन साउदले आर्मीका सौर्य महर्जनलाई २१–१३, २१–९ र कम्प्लिट हेल्थ क्लबका नगेन्द्र लिम्बुले देबीनगर ब्याडमिन्टन क्लबका गौरव तण्डुकारलाई २१–१३, २१–७ अंकले पाखा लगाए ।

यसैगरी एपीएफका भोजबहादुर गुरुङले आर्मीका सुप्रिम पन्तलाई २१–१५, १७–२१, २१–१४, नखिपोटका बिवेक चौधरीले आर्मीका हिमाल चन्दलाई १९–२१, २१–७, २१–१७ र एपिएफका अरुण अधिकारीले देबीनगर ब्याडमिन्टन क्लबका बबिश थापालाई १४–२१, २१–१४, २१–१९ अंकले पराजित गरे ।

यू–१७ तर्फको खेलमा आर्मीका ईमा तामाङ, कीर्तिपुर ब्याडमिन्टन क्लबका सुजल चौधरी, कैलालीका शिषिर राना, महांकाल ब्याडमिन्टन क्लबका सफल भुजेल, धादिङका अश्विन मगर, कैलालीका रियांस चौधरी, एपीएफका अरुण अधिकारी, आर्मीका सन्तोष पन्त, आर्मीका सौर्य महर्जन, एपीएफका प्रदीप सोती, रिभाइभका किरण न्यौपाने, बाँकेका राजेश बीसी, एपीएफका प्रारम्भ सिमखडा, युनिग्लोबल कलेजका सक्षम ढकाल, देबीनगर ब्याडमिन्टन क्लबका तक्षत ढकाल र आर्मीका सुविन श्रेष्ठ प्रिक्वार्टरफाइनलमा पुगे ।

पुरुष युगलतर्फको खेलमा नखिपोटका बिवेक चौधरी र आर्मीका डेभिड थापा मगरको जोडीले आर्मीका नरेन्द्र बम र हिमाल चन्दको जोडीलाई १८–२१, २१–११, २१–११, देबीनगर ब्याडमिन्टन क्लबका हेमन्त ऐर र अमन भट्टको जोडीले बालकुमारी रिमिक्स क्लबका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडीलाई १९–२१, २१–१३, २२–२० तथा नेपाल बिद्युत प्राधिकरणका बिनोद अधिकारी र भक्तराज जोशीको जोडीले रिभाइभका किरण न्यौपाने र अनन्त पाख्रिनको जोडीलाई २१–१०, २१–१८ अंकले पराजित गरे ।

यसैगरी पुलिसका सुनिल जोशी र अभिक श्रेष्ठको जोडी महांकाल ब्याडमिन्टन क्लबका माधव ढकाल र मंडला ब्याडमिन्टन क्लबका प्रनेश ढकालबाट वाकओभर पाए । पाँचथरका दिवश संकर र भोजपुरका बिशाल तामाङको जोडी, गजुरी ब्याडमिन्टन क्लबका समिर थापामगर र अनिश रानको जोडी तथा चितवनका राजु थापा र एपीएफका सुजन थापाको जोडीले आ–आफ्ना प्रतिद्वन्द्वीबाट वाकओभर पाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप