बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश सभा

शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेशसभा स्थगित

मङ्गलबार, १५ फागुन २०८०, १८ : ३४
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । बागमती प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले शोक प्रस्ताव पारित गर्दै बुधबार बिहान ११ः३० बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रदेशसभा बैठकले बागमती प्रदेशका पूर्व सदस्य बलराम पौडेलको निधन प्रति शोक प्रस्ताव पारित गरेको हो । पौडेलको निधन प्रति संसद्मा एक मिनेट मौनधारण समेत गरिएको थियो । चितवन निवासी पौडेलको गत पुस १७ गते सडक दुर्घटनामा परी निधन भएको थियो । ६६ वर्षका पौडेल २०७९ पुसमा बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए ।

मंगलबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू वाचन गरिएको थियो भने अधिवेशनको सफलताको कामनाका लागि दलीय हिसाबमा सांसदहरूले मन्तव्य राखेका थिए । बैठकमा प्रमुख प्रतिपक्ष दलका तर्फबाट एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेपाली कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकाल, राप्रपा संसदीय दलका नेता उद्धव थापा, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाई र हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप