पोखरामा रवीन्द्र अधिकारीको स्मरण
पोखरा । पूर्व पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीको छैटौँ स्मृति दिवस पोखरामा मनाइएको छ । पोखरा महानगरले संरक्षण गरेको सहिद पार्कमा निर्माण गरिएको स्व। अधिकारीको सालिकमा माल्यार्पण गरी रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले दिवस मनाएको हो ।
२०७५ फागुन १५ गते अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । पछिल्लो वर्ष उनको पूर्णकदको सालिक सहिद पार्कमा निर्माण गरिएको हो ।
माल्यार्पणपछि प्रतिष्ठानका सल्लाहकार तथा गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले रवीन्द्रले गरेका बहुआयामिक कामको स्मरण गरे । ‘सानै उमेरमा राष्ट्रिय राजनीतिमा उहाँको अतुलनीय योगदान थियो । उहाँ शब्दबाट मुल्यांकन गर्न सक्ने व्यक्ति होइन । उहाँका सोच र दृष्टीकोणहरु परिपक्व र मार्गदर्शक थिए,’ उनले भने, ‘उहाँको अभाव हामीलाई पाइलै पिच्छे खड्किरहेको छ ।’ अधिकारीको मार्गदर्शनलाई पार्टी र नेता कार्यकर्ताले सँधै पछ्याइरहने उनको भनाई छ ।
स्व. अधिकारीले निष्ठाको राजनीति गरेकोले कुनै खोट लाउने ठाउँ नरहेको उनको दाबी छ । अधिकारी लगातार ३ पटक कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । अधिकारीकी धर्मपत्नी समेत रहेकी प्रतिष्ठान अध्यक्ष विद्या भट्टराईले रवीन्द्रसँग समाज र देशलाई सम्हाल्ने तागत रहेको बताइन् । ‘उहाँसँग एउटा तागत थियो । सबैलाई मिलाएर लैजान सक्ने क्षमता थियो,’ उनले भनिन्, ‘मेरो परिवारमा मात्र होइन, सारा देशलाई नै उहाँको अभाव रहने छ ।’ खासगरी पोखराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्व। अधिकारीले विशेष भूमिका खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण