आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भी३० ल्याउँदै भिभो

बुधबार, १६ फागुन २०८०, ०९ : ४१
बुधबार, १६ फागुन २०८०

काठमाडौँ। भिभोले भिभो भी३० रिलिज गर्न लागेको छ । यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता गरेको कम्पनीले बताएको छ । 

भिभो भी३० ले भी सिरिजको सिग्नेचर औरा लाइट र स्लिम डिजाइनलाई समेत जारी राखेको छ । यो स्मार्टफोन भिभोको ५००० एमएएचको विशाल ब्याट्री भएको सबैभन्दा पातलो स्मार्टफोन हो । 

भी३० ले ड्रप सिमुलेशन र चरम तापक्रम परीक्षणहरू सहित ७० भन्दा बढी कठोर परीक्षणहरू सफलतापूर्वक पार गरेको कम्पनीले जनाएको छ । साथमा थ्रीडी कर्भ स्क्रिनले यसलाई हाइ एन्ड स्र्माटफोनको अनुभूति दिनेछ । उत्कृष्ट १२० हर्ट्ज रिफ्रेस रेटको साथमा भी३० ले स्टनिङ भिजुअल प्रदान गर्नेछ ।

पारिवारिक जमघटहरू र चाडपर्वहरूमा प्राय ग्रुप फोटो नै रुचाउने गरिन्छ । यही मागलाई सम्बोधन गर्दै भी३०ले वाइड–एंगल क्यामेरालाई अपग्रेड गरेको छ । भी३०मा ५० एमपी एएफ अल्ट्रा वाइड–एंगल क्यामेरा फिचर रहेको छ । भी३० मा ८० वाटको फास्ट चार्जिङ पनि उपलब्ध हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप