भी३० ल्याउँदै भिभो
काठमाडौँ। भिभोले भिभो भी३० रिलिज गर्न लागेको छ । यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता गरेको कम्पनीले बताएको छ ।
भिभो भी३० ले भी सिरिजको सिग्नेचर औरा लाइट र स्लिम डिजाइनलाई समेत जारी राखेको छ । यो स्मार्टफोन भिभोको ५००० एमएएचको विशाल ब्याट्री भएको सबैभन्दा पातलो स्मार्टफोन हो ।
भी३० ले ड्रप सिमुलेशन र चरम तापक्रम परीक्षणहरू सहित ७० भन्दा बढी कठोर परीक्षणहरू सफलतापूर्वक पार गरेको कम्पनीले जनाएको छ । साथमा थ्रीडी कर्भ स्क्रिनले यसलाई हाइ एन्ड स्र्माटफोनको अनुभूति दिनेछ । उत्कृष्ट १२० हर्ट्ज रिफ्रेस रेटको साथमा भी३० ले स्टनिङ भिजुअल प्रदान गर्नेछ ।
पारिवारिक जमघटहरू र चाडपर्वहरूमा प्राय ग्रुप फोटो नै रुचाउने गरिन्छ । यही मागलाई सम्बोधन गर्दै भी३०ले वाइड–एंगल क्यामेरालाई अपग्रेड गरेको छ । भी३०मा ५० एमपी एएफ अल्ट्रा वाइड–एंगल क्यामेरा फिचर रहेको छ । भी३० मा ८० वाटको फास्ट चार्जिङ पनि उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण