आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
स्थायी कमिटी बैठक

कार्य विभाजनप्रति असहमति जनाउँदै माओवादीमा शर्माको फरक मत

बुधबार, १६ फागुन २०८०, ११ : २२
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादी स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् । नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै शर्माले फरक मत राखेको जनाएका छन् । 

नेता शर्माले गत विधान अधिवेशनमा पदाधिकारीको निर्वाचनबारे वकालत गरेकोले कार्य विभाजनमा नसमेटेको, जिम्मेवारी विहीन बनाइएको आरोप शर्माको छ ।

‘मैले निर्णयहरूमा केही असहमतिहरू दर्ज गरेको छु । कार्य विभाजन पार्टी निर्माणलाई ध्यानमा राखेर गरिएन । विधान अधिवेशनको ह्याङओभरलाई ध्यानमा राखेर गरियो’, शर्माले भने, ‘विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने मलगायतलाई जिम्मेवारी विहीन बनाएको अवस्था र सुदूर पश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाएको लगायतका मुद्दा र त्यहाँको दलसम्बन्धी विवादमा सन्तुलित नभएको भनेर मैले असहमति राखेको छु ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप