कार्य विभाजनप्रति असहमति जनाउँदै माओवादीमा शर्माको फरक मत
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादी स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् । नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै शर्माले फरक मत राखेको जनाएका छन् ।
नेता शर्माले गत विधान अधिवेशनमा पदाधिकारीको निर्वाचनबारे वकालत गरेकोले कार्य विभाजनमा नसमेटेको, जिम्मेवारी विहीन बनाइएको आरोप शर्माको छ ।
‘मैले निर्णयहरूमा केही असहमतिहरू दर्ज गरेको छु । कार्य विभाजन पार्टी निर्माणलाई ध्यानमा राखेर गरिएन । विधान अधिवेशनको ह्याङओभरलाई ध्यानमा राखेर गरियो’, शर्माले भने, ‘विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने मलगायतलाई जिम्मेवारी विहीन बनाएको अवस्था र सुदूर पश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाएको लगायतका मुद्दा र त्यहाँको दलसम्बन्धी विवादमा सन्तुलित नभएको भनेर मैले असहमति राखेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण