विराजको ‘१२ गाउँ’ हिरोइन न्यान्सी
काठमाडौँ । एक्सन स्टार विराज भट्टले छोरा समीरलाई हिरोको रूपमा डेब्यु गराउन लागेको फिल्म हो ‘१२ गाउँ’ । फिल्ममा समीरको जोडीको रूपमा न्यान्सी खड्का देखिने भएकी छन् ।
विराजले न्यान्सीसँग फिल्म अभिनय विषयमा सम्झौता भएको जानकारी दिए । ‘हामीले स्क्रिप्ट सुनायौँ, उहाँले मन पराउनुभयो । हाम्रो फिल्मको कथाले मागेजस्तो पात्र उहाँमा देखेकोले फिल्मका लागि अनुबन्धित गरेका छौँ’, विराजले भने ।
न्यान्सी ‘मिस नेपाल इन्टरनेशनल–२०२२’ विजेता हुन् । विराटनगर घर भएकी न्यान्सी व्यावसायिक मोडल समेत हुन् भने उनले आमसञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छन् । केहीअघि जापानमा आयोजित ‘मिस इन्टरनेश्नल’ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
‘१२ गाउँ’ आगामी १५ चैत्रबाट छायाङ्कनमा जाने तयारीमा छ । ठुलो बजेटमा निर्माण हुने बताइएको फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा रहेको छ । विराज मुख्य भूमिकामा देखिने फिल्म विराज आफैँले निर्देशन गर्नेछन् ।
सन् २०२४ भित्र रिलिज हुने बताइएको फिल्ममा उच्च स्तरीय एक्सन पस्किने तयारी विराजको छ । नेपाली फिल्ममा एक्सन भूमिकाबाट सुपरस्टार बनेका विराज पछिल्लो समय भोजपुरी फिल्ममा व्यस्त छिन् ।
‘१२ गाउँ’ विराजको होमप्रोडक्सन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सनबाट बन्न लागेको हो । विराजले फिल्मलाई आफ्नो महत्वकांक्षी फिल्म बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण