हिरोको थ्री एस सर्भिसमा सिजीको प्रतिबद्धता
काठमाडौँ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स, सर्भिस चुस्त बनाउने प्रतिबद्धता जनाएको छ । विगत केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम रहँदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या बेहोर्नुपरेको थियो । अब सीजी मोटर्स हिरोको आधिकारिक बिक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने अवस्था बनेको कम्पनीले जनाएको छ ।
सिजी मोटर्सले आफ्ना उपभोक्तालाई विश्वस्तरीय सेवा दिने प्रण गरेको छ । ‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र स्कुटर बिक्री मात्र गर्दैनौँ, ग्राहक पूर्ण सन्तुष्टि हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिने छौँ’ सिजी मोटर्सले भनेको छ, ‘हामीले हिरोको सेल्स, सर्भिस र स्पेयर्स पार्टस् (थ्री एस) सेवालाई सर्वोत्कृष्ट बनाउनेछौँ । अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहने छैन’ कम्पनीले प्रतिबद्धता जाहेर गरेको छ ।
हिरोको आधिकारिक बिक्रेताको जिम्मेवारी पाए लगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको सिजी मोटर्सले जनाएको छ ।
कम्पनीको प्रतिबद्धता छ, हामी उत्कृष्ट थ्रिएस सेवा दिने प्रतिबद्धता जाहेर गर्छौँ, हिरोका सर्भिसलाई उपभोक्ताले नयाँ ढंगले फिल गर्ने गरी उत्कृष्ट बनाउनेछौँ । पार्टपुर्जा सहज उपलब्ध गराउन र आफ्टर सेल्स सर्भिस चुस्त बनाउने प्रक्रिया अगाडि बढाइसकेका छौँ ।
अर्को महिना मार्चदेखि हिरोका सर्भिस सेन्टरहरूमा पार्ट पुर्जाहरू सहज रूपमा उपलब्ध हुने सिजी मोटर्सले जनाएको छ । यसका लागि आफ्नै वेयरहाउस समेत तयार भइरहेको छ ।
पार्टपुर्जा आयात गर्नका लागि प्रतितपत्र (एलसी) खोलिसकेको छ । ‘पछिल्लो केही समयदेखि पार्टपुर्जा आयात नभएकोले बजारमा अभाव देखिन सक्छ, तर यस्तो अभाव धेरै समय रहने छैन’ सीजी मोटर्सका सेल्स एन्ड अपरेशन हेर्ने जिएम प्रकाश देवकोटाले भने, ‘सुपथ मूल्यमा पार्टपुर्जाको सहज उपलब्धता र आफ्टर सेल्स सर्भिस बलियो नभएसम्म मार्केट लिडर बन्न सकिँदैन भन्ने हामीलाई राम्रोसँग थाहा छ, ग्राहकलाई सन्तुष्ट बनाउनु हाम्रो जिम्मेवारी हो ।’
नेपालमा हिरो लोकप्रिय ब्रान्डका रूपमा स्थापित छ । हिरोका मोटरसाइकल र स्कुटर सर्वाधिक बिक्री हुनेमा पर्छन् । हजारौँको सङ्ख्यामा रहेका हिरोका ग्राहकहरू सन्तुष्ट गराउने एक मात्र लक्ष्य रहेको कम्पनीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण