मुलुकी ऐन बमोजिम अराजकता फैलाउनेलाई कारबाही होस्
_nmByXLtEho.jpg)
हामीलाई बोल्न र सामाजिक सञ्जालमा लेख्ने स्वतन्त्रता छ । स्वतन्त्रता छ भन्दैमा समूह जम्मा पारेर बैंक तथा वित्तीय संस्थाका विरुद्ध लाग्नुपर्छ भन्ने छैन । लोकतन्त्रमा बोल्न पाउने भन्दै जातजाति, क्षेत्र, भेषभुषा र क्षेत्रमाथि प्रभाव पर्ने गरी बोल्न पाइँदैन । कुनै क्षेत्रमा अराजकता फैलाउने गरी बोल्नेलाई कारबाही गर्ने नीति मुलुकी ऐन अन्तर्गत होला । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले नै बैंकिङ प्रणालीमा खलल पर्याउने गरी बोल्दैनन् । तर, सम्पूर्ण व्यक्तिलाई नियन्त्रणमा राख्ने कानुनी व्यवस्था भने छैन ।
ग्राहकलाई कर्जा लिनका लागि बैंकले दबाब दिएका हुँदैनन् । कर्जा चाहिएकाहरू कर्जाका लागि आफै बैंकमा पुग्छन् । ऋणीले लिएको ऋण निक्षेपकर्ताको हुन्छ ।
अहिले समस्यामा परेका सहकारीमा जम्मा गरिएको रकम निम्न मध्यम वर्गको हो । यतिबेला उनीहरूको पैसा हराइरहेको छ । उपभोग गर्ने बाठो हुँदैमा उपभोग गर्ने र तिर्दिन पनि भन्न मिल्दैन । बैंकिङ कसुर चाहिँ छ । तर, बोल्ने र ऋण नतिर्न आह्वान गर्दै प्रणालीलाई नै समस्यामा पार्नेलाई कारबाही गर्ने कानुन चाहिँ चाहिन्छ ।
बैंक तथा वित्तीय संस्थामा यतिबेला आएको समस्याको मुख्य कारण नै कर्जा प्रवाह बढ्नु हो । कोरोना महामारीको समयमा ८ खर्बसम्म ऋण प्रवाह भएको थियो । जबकि, त्यसअघि ४ खर्ब रुपैयाँ हाराहारी मात्रै कर्जा प्रवाह हुन्थ्यो । यसपछि नै मुख्य समस्या आएको हो । यसलाई केन्द्रीय बैंकले रोक्नुपर्थ्यो ।
बाँकी रह्यो बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणको कुरा । बैंक तथा वित्तीय संस्थाले जसो गरे पनि गाली खान्छन् । बैंकले ऋण दिए पनि गाली खान्छन् र नदिए पनि गाली खान्छन् । ऋण उठाए पनि र नउठाए पनि गाली नै खान्छन् । पारदर्शी भए पनि गाली खाने बैंक कर्मचारीले धेरै तलब खाँदा पनि गाली नै खाइरहन्छन् । यतिबेला बैंक वित्तीय संस्थाले जे गरे पनि गाली पाउने अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
-
स्थानीय, पश्चिमी र बङ्गालबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
महाकालीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा