कोशी प्रदेशमा बढ्यो गाँजा ओसारपसार धन्दा, माघ यता दुई हजार किलो बरामद
काठमाडौँ । पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको छ ।
गत एक महिनाको अवधिमा मात्र प्रहरीले करिब दुई हजार किलो गाँजा बरामद गरेपछि गाँजा ओसारपसारमा ठुलो गिरोह रहेको निष्कर्षमा प्रहरी पुगेको हो । ओसारपसार, बेचबिखन र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको गाँजा धनकुटा, उदयपुर, तेह्रथुम, भोजपुर लगायतका जिल्लामा उत्पादन गरी भारत पुर्याउने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पहाडी क्षेत्रमा उत्पादन भएको गाँजा एम्बुलेन्स तथा तरकारी बोक्ने सवारीमार्फत ओसारपसार गरी भारततर्फ पुर्याउने गिरोह पछिल्लो समय सक्रिय रहेको प्रहरीको भनाइ छ ।
पूर्वी पहाडी जिल्लामा गाँजाको खेती नै गरेर सेवनका लागि तयारी भएको गाँजा सीमावर्ती क्षेत्रसम्म आइपुग्दा सुरक्षा निकायको भूमिकामाथि नै प्रश्न उठ्ने गरेको छ । तर प्रहरी भने बर्सेनि गाँजा खेती फडानी गर्ने, उत्पादन तथा ओसारपसार गर्ने गिरोहको सञ्जाल भत्काउने अभियानमा सक्रिय रहेको दाबी गर्छ । लागु औषध दुर्व्यसनलाई निरुत्साहन गर्न विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए ।
कोशी प्रदेश प्रहरी कार्यालयकाअनुसार गत माघ महिनायता एक हजार ९ सय १९ किलो गाँजा बरामद गरिएको छ । चालु आर्थिक वर्षको सात महिनामा मात्रै प्रदेशभर दुई हजार आठ किलो गाँजा बरामद भएको छ । अघिल्लो आर्थिक वर्षमा यो प्रदेशमा पाँच हजार आठ सय १५ किलो गाँजा बरामद भएको थियो । प्रहरीले गाँजालगायत लागुऔषधसहित चालु आर्थिक वर्षको माघसम्ममा ७५८ जनालाई पक्राउ गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रहरीले एक हजार एक सय ५१ जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण