ईपीजीको प्रतिवेदन सार्वजनिक गर्न गृहकार्य भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ईपीजीको प्रतिवेदन सार्वजनिक गर्नेबारेमा गृहकार्य भइरहेको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बोल्दै उनले ईपीजीको प्रतिवेदन सार्वजनिक गर्नका लागि गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकको सुरु बिन्दु खोकना बुङमतिमा समस्या समाधान नभए पारीबाट बाटो लाने विकल्प आएपछि स्थानीय जनप्रतिनिधि वार्ताबाट समस्या समाधानका लागि तयार रहेको बताए ।
उनले भने,‘यातायात क्षेत्रमा दुर्घटना कम गराउन बाटो सुधार र ड्राइभरहरुलाई प्रशिक्षण दिने सरकारले काम गरिरहेको छ । विकासमा तीव्रता ल्याउन भूमि र बन ऐनले पनि समस्या पारेकोले त्यस्ता निति सुधार गरेर जान्छौँ । ऐन संशोधन गरेर जानेछौँ ।
सरकारी कर्मचारी कुनै निर्णय प्रक्रियामा हच्किने गरेको र सकभर कलम चोप्नबाट पछि हट्ने अवस्था रहेको र त्यसलाई सुधार गर्नेर्छौँ ।’
यस्तै प्रधानमन्त्री प्रचण्डले रुस र युक्रेन युद्धमा नेपाली गएको बारेमा सुरुमा सरकारलाई थाहा नभएको बताएका छन् । उनले भने, ‘कतिपय नेपाली भारतको बाटो भएर गएका छन्, कतिपय विद्यार्थी भिसामा गएका छन् । युद्धमा मारिएपछि मात्रै सरकारलाई थाहा भएको हो ।’
प्रधानमन्त्री प्रचण्डले रुस र युक्रेन युद्धबाट नेपालीलाई फिर्ता लिन सरकारले गम्भीरता पूर्वक पहल गरिरहेको बताए । उनले रुस सरकारले सूचना र क्षतिपूर्ति दिने भनेपछि यो विषय सरकारको हातमा आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण