६ महिनामा भारतबाट २ अर्बको बिजुली आयात, १३ अर्ब ३८ निर्यात

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आन्तरिक आपूर्तिको व्यवस्था मिलाउन भारतबाट २ अर्ब रुपैयाँको बिजुली किनेको छ । प्राधिकरणले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको बिजुली किनेको हो ।
सुख्खा याममा ‘रन अफ रिभर’ आयोजनाको उत्पादन घट्ने भएकाले आन्तरिक माग धान्न भारतबाट ल्याउनुपर्छ । प्राधिकरणले पुसदेखि भारतबाट बिजुली किन्न सुरु गरेको थियो । पुस र माघ महिनामा नै भारतबाट झन्डै २ अर्ब रुपैयाँको बिजुली किनेको हो ।
तर, चालू वर्षको ६ महिनाको अवधिमा नै नेपालबाट भारततर्फ १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको बिजुली बेचेको छ । नेपालबाट असारदेखि मङ्सिरसम्म भारततर्फ बिजुली निर्यात गर्न सकिन्छ । तर, यो तथ्याङ्क साउनदेखि माघ महिनासम्मको मात्रै हो ।
चालू वर्षको जेठ महिनासम्म नेपालमा भारतीय बिजुली आयात गर्नुपर्छ । तर, असार महिनामा भने निर्यात गर्न सकिन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार यो वर्षदेखि बिजुलीको व्यापारमा नेपाल नाफामा आउँछ ।
यस्तै, आगामी आर्थिक वर्षदेखि भने भारततर्फ बिजुलीको निर्यात झनै बढ्नेछ । नेपाल र भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा अन्तिम हस्ताक्षर गरिसकेका छन् । आगामी असारदेखि नेपालमा भारतलाई चालू वर्षको बेच्दै आएको परिणामको तुलनामा १ हजार मेगावाट खेर जान्छ ।
चालू वर्षमा नेपालबाट भारततर्फ साढे ६०० मेगावाट बिजुली निर्यात भएको थियो । भारततर्फको निर्यातको तथ्याङ्क आगामी आर्थिक वर्षदेखि १ हजार मेगावाटभन्दा माथिसम्म पुग्छ । जसबाट, नेपालको निर्यातको परिणाम र त्यसबाट हुने आम्दानी समेत बढ्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड
-
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज
-
इजरायलबाट नेपाली फर्काउन के गर्दै छ परराष्ट्र मन्त्रालय ?
-
लागुपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा बल्खुबाट ८ जना पक्राउ
-
भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : सांसद घिमिरे