विवाह बन्धनमा बाँधिदैछिन् अभिनेत्री तापसी पन्नु
नयाँ दिल्ली । अभिनेत्री तापसी पन्नु छिट्टै विवाह बन्धनमा बाँधिदै छिन् । लामो समयदेखिको प्रेमी म्याथियास बोसँग तापसीले बिहे गर्न लागेको खबर यतिबेला भारतीय सञ्चारमाध्यमहरुमा व्याप्त छ । तापसी करिब १० वर्षदेखि मथियास बोसँग सम्बन्धमा छिन् । बिहेको लागि यी दुबैले उदयपुर रोजेको बताइएको छ ।
यस बिहेमा तापसी र म्याथियासका परिवारका सदस्यहरु मात्रै सहभागी हुनेछन् । समाचारहरुलाई पत्याउने हो बिहेमा बलिउड सेलिब्रेटीहरूलाई निम्तो छैन । विवाह सिख र ईसाई परम्पराअनुसार हुनेछ बताइएको छ । यसअघि प्रियंका चोपडा, परिणिती चोपडा, कट्रिना कैफ र कियारा आडवाणी लगायत अभिनेत्रीको बिहे पनि उदयपुरमै भएको थियो ।
तापसी र मथियास १० वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । तर, यो जोडीले आफ्नो सम्बन्धलाई सधैं गोप्य राख्दै आएको छ । तापसीले प्रायः सामाजिक सञ्जालमा म्याथियाससँगको फोटो र भिडियो पोस्ट गरिरहेकी हुन्छिन् । तर यो जोडीले आफ्नो सम्बन्धबारे आधिकारिक घोषणा भने गरेको छैन ।
तापसीले म्याथियासलाई उनको बलिउड डेब्यू चश्मे बद्दूरको सुटिङका बेलामा भेटेकी थिइन् । तापसी पन्नु बलिउडका साथै तेलुगु र तमिल फिल्म उद्योगमा समेत काम गरिसकेकी छिन् । अभिनेत्रीले सन् २०१० मा तेलुगु फिल्म ‘झुम्मांडी नादम’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । उनले करियर शुरुआत मोडलिङबाट गरेकी हुन् ।
को हुन् म्याथियास बो ?
४३ वर्र्षका म्याथियास बो डेनिस ब्याडमिन्टन खेलाडी हुन् । उनले दुई पटक युरोपियन च्याम्पियन र ओलम्पिक पदक जितिसकेका छन् । म्याथियासले सन् २०२० मा ब्याडमिन्टनबाट सन्यास लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण