प्रहरी नियन्त्रणमा रहेका लघुवित्त पीडितलाई मुद्दा नचलाउन एमालेको ध्यानाकर्षण

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले गत सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाट प्रहरीको नियन्त्रणमा रहेका लघुवित्त पीडितहरूलाई मुद्दा नचलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ ।
बुधवार नेकपा(एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले संसदीय दलका सचेतक महेश बर्तौला लगायत एमाले संसदीय दलको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेट गर्दै यस्तो ध्यानाकर्षण गराएको हो । गत सोमवार लघुवित्त पीडितहरूको एक समूह संसद् भवन परिसर पसेर नाराबाजी गरेसँगै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
हाल उनीहरूलाई सरकारले प्रहरी नियन्त्रणमै राखेर मुद्दा चलाउने तयारी गरेको छ । एमालेले लघुवित्त पीडितहरूलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै उनीहरूलाई बिना सर्त रिहा गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौलाले लघुवित्त पीडितहरू न्यायको लागि आन्दोलनरत रहेका बताए । उनीहरु सुरक्षा संयन्त्रका कमजोरीका कारण संसद् भवनभित्र प्रवेश गरेकाले मुद्दा चलाउनु नहुने बर्तौलाको भनाइ छ ।
त्यस्तै मिटरब्याज पीडितहरू हिँडेरै काठमाडौँसम्म आन्दोलनका लागि आएका भन्दै उनीहरूको माग सम्बोधन गर्ने सुनिश्चितताका साथ घर फर्काउने वातावरण बनाउन पनि माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ