प्रहरी नियन्त्रणमा रहेका लघुवित्त पीडितलाई मुद्दा नचलाउन एमालेको ध्यानाकर्षण
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले गत सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाट प्रहरीको नियन्त्रणमा रहेका लघुवित्त पीडितहरूलाई मुद्दा नचलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ ।
बुधवार नेकपा(एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले संसदीय दलका सचेतक महेश बर्तौला लगायत एमाले संसदीय दलको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेट गर्दै यस्तो ध्यानाकर्षण गराएको हो । गत सोमवार लघुवित्त पीडितहरूको एक समूह संसद् भवन परिसर पसेर नाराबाजी गरेसँगै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
हाल उनीहरूलाई सरकारले प्रहरी नियन्त्रणमै राखेर मुद्दा चलाउने तयारी गरेको छ । एमालेले लघुवित्त पीडितहरूलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै उनीहरूलाई बिना सर्त रिहा गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौलाले लघुवित्त पीडितहरू न्यायको लागि आन्दोलनरत रहेका बताए । उनीहरु सुरक्षा संयन्त्रका कमजोरीका कारण संसद् भवनभित्र प्रवेश गरेकाले मुद्दा चलाउनु नहुने बर्तौलाको भनाइ छ ।
त्यस्तै मिटरब्याज पीडितहरू हिँडेरै काठमाडौँसम्म आन्दोलनका लागि आएका भन्दै उनीहरूको माग सम्बोधन गर्ने सुनिश्चितताका साथ घर फर्काउने वातावरण बनाउन पनि माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण