सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा आउने पर्यटकलाई दुःख दिने ९ जना पक्राउ

बुधबार, १६ फागुन २०८०, १९ : ४४
बुधबार, १६ फागुन २०८०

पोखरा । पोखरा आउने पर्यटकलाई दुःख दिने ९ जना पोखराबाट पक्राउ परेका छन् । उनीहरूलाई पृथ्वीचोक र मुस्ताङचोकबाट पक्राउ गरिएको हो । 

पर्यटकहरूलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाइदिन्छु भनी झोलाहरू तान्ने तथा पैसाको बार्गेनिङ गरेर अनावश्यक दुख दिएको भन्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा पोखरा ९ बसपार्क बस्ने ४० वर्षका रुपेन्द्र श्रेष्ठ, ३२ वर्षका मोहन आचार्य, ४० वर्षका नारायण अधिकारी, ४४ वर्षका श्याम प्रसाद शर्मा, २५ वर्षका विकास कुँवर, २१ वर्षका विमल ठकुरी र २१ वर्षका विकास श्रेष्ठ छन् । यस्तै, पोखरा १३ पाटनबेसी बस्ने वर्ष २८ का रञ्जन खड्का र १९ वर्षका सविन नेपाली पनि पक्राउ परेका छन् ।

पक्राउ परेका सबैलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको मुद्दामा ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप