फुटपाथ व्यवस्थापनमा विवाद
काठमाडौँमा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप, ५ नगर प्रहरी घाइते
बुधबार, १६ फागुन २०८०, २१ : १६
काठमाडौँ । काठमाडौँमा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको छ । बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको हो ।
झडपमा महानगर प्रहरीका डिएसपी मनोज लामिछानेसहित ५ जना घाइते भएका महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । घाइतेहरुको वीर अस्पतालमा उपचार भैरहेको उनले बताए ।
९ बजेअघि व्यवसाय सुरु नगर्न भन्दा फुटपाथ व्यवसायीहरुले आफूहरुमाथि आक्रमण गरेको उनले आरोप लगाए । फुटपाथ व्यवसायीले साँझ ७ बजेपछि व्यापार सुरु गरेपछि नगर प्रहरीले हटाएको थियो । नगर प्रहरीको एक्सनलगत्तै दुई पक्षबिच झडप भएको बताइएको छ ।
यसघि काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसाय हटाएपनि पछिल्लो समय राति ९ बजेपछि राख्न दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण