सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
फुटपाथ व्यवस्थापनमा विवाद

काठमाडौँमा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप,  ५ नगर प्रहरी घाइते

बुधबार, १६ फागुन २०८०, २१ : १६
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । काठमाडौँमा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको छ । बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको हो ।

झडपमा  महानगर प्रहरीका डिएसपी मनोज लामिछानेसहित ५ जना घाइते भएका महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । घाइतेहरुको वीर अस्पतालमा उपचार भैरहेको उनले बताए । 

९ बजेअघि व्यवसाय सुरु नगर्न भन्दा फुटपाथ व्यवसायीहरुले आफूहरुमाथि आक्रमण गरेको उनले आरोप लगाए । फुटपाथ व्यवसायीले साँझ ७ बजेपछि व्यापार सुरु गरेपछि नगर प्रहरीले हटाएको थियो । नगर प्रहरीको एक्सनलगत्तै दुई पक्षबिच झडप भएको बताइएको छ । 

यसघि काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसाय हटाएपनि पछिल्लो समय राति ९ बजेपछि राख्न दिने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप