भेटियो संसारको सबैभन्दा पुरानो लिपस्टिक
काठमाडौँ । हिजोआज हामीले मेकअपका अनेकौँ साधन देखेका छौँ, प्रयोग गरिरहेका छौँ । लिपस्टिकको मात्रै कुरा गर्ने हो भने पनि अनेकौँ खालका पाइन्छन् । तर प्राचीन समयमा मेकअप कस्तो हुन्थ्यो होला ? तिनको प्रयोग कसरी हुन्थ्यो भन्नेबारे हामीसँग निकै कम जानकारी छन् ।
यसबारे पुरातत्वविद्हरूले एउटा बलियो प्रमाण फेला पारेका छन् । पुरातत्वविद्हरुले विश्वको सबैभन्दा पुरानो दाबी गरिएको लिपस्टिक फेला पारेका छन् । यसलाई करिब ४ हजार वर्षअघिका महिलाहरूले प्रयोग गर्ने गरेको बताइएको छ । अनुसन्धानकर्ताहरूले इरानको जिरोफ्ट क्षेत्रमा गाढा रातो पेस्टको सानो सिसी फेला पारेका थिए । सबैभन्दा पहिला यसको पहिचान रातो बोतलको रूपमा मात्रै गरिएको थियो ।
तर अहिले आएर यो बोतल ४ हजार वर्ष पहिलेको लिपस्टिक भएको दाबी गरिएको छ । सन् २००१ मा हलिल नदीका कारण दक्षिण–पूर्वी इरानका धेरै भागमा बाढी आएको थियो । सोही बाढीमा धेरै पुराना चिहानहरूको अवशेष बगेका थिए । त्यसबेला मानिसहरूले ती चिहानमा व्यापक लुटपाट गरे । त्यही बेला एउटा चिहानबाट बगेर यो सिसी आएको स्मिथसोनियन म्यागेजिनमा छापिएको एउटा समाचारमा भनिएको छ ।
यसलाई पुरातत्वविद्हरुले जिरोफ्टको पुरातत्त्व सङ्ग्रहालयमा राखेका थिए । यो सिसी मरासी सभ्यताको अवशेष मानिएको थियो । मेसोपोटामियाको ऐतिहासिक प्रमाणमा यसको उल्लेख पाइएको छ । पुरातत्वविद्हरूले अनुसन्धान पश्चात् यसको विस्तृत विवरण दिएका छन् । उनीहरूका अनुसार यसलाई बनाउन हेमाटाइट, म्याङ्गनिज, ब्रुनाइट, ग्यालेना जस्ता रातो रंगको खनिजको प्रयोग गरिएको छ । यो लिपस्टिक हिजोआज प्रयोगमा आउने लिपस्टिकसँग निकै मिल्दोजुल्दो पाइएको छ ।
कहाँ र कहिले बनाइएको थियो यो प्राचीन लिपस्टिक ?
शीशीको पातलो आकार र मोटाई हेर्दा यसलाई सहजैसँग समातेर प्रयोग गर्न सकिने पुरातत्वविद्हरू बताउँछन् । लिपस्टिक कहिले र कहाँ बनाइएको थियो भन्ने प्रमाण अहिलेसम्म फेला परेको छैन । तर यसले प्राचीन इरानमा सौन्दर्य सामाग्रीहरूको पुरानो परम्पराबारे बताउने वैज्ञानिकहरूको विश्वास छ । यस क्षेत्रमा सोर्मेह नामक कालो धुलोबाट बनेको आइलाइनर पुरुष र महिला दुवैले व्यापक रूपमा प्रयोग गर्थे । त्यसबेलाका इरानीहरूले एक खालको विशेष पाउडरले आफ्नो गाला र आँखी भौँ सजाउने गर्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण