छोराको विवाहमा १ हजार करोड खर्च गर्दै अम्बानी
मुम्बई । भारतको सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी चाँडै राधिका मर्चेन्टसँग विवाह गर्न लागेका छन् । दुई जानको प्रि–वेडिङ सेरेमनी १ मार्चदेखि गुजरातको जामनगरमा सुरु हुनेछ ।
विवाहमा बिल गेट्स, मार्क जकरबर्गजस्ता अन्तर्राष्ट्रिय हस्तीदेखि बलिउड सेलिब्रेटीहरुको जमघट हुनेछ । भारतीय मिडियाको रिपोर्टअनुसार अनन्त–राधिकाको विवाहमा करिब १ हजार करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यसअघि मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहमा ४ सय करोड भारु खर्च भएको थियो । ईशाले विवाहमा ९० करोड भारतीय रुपैयाँ बराबरको लहेङ्गा लगाएर विश्व कीर्तिमान नै बनाएकी थिइन् । जबकि बलिउड अभिनेत्री दीपिका पादुकोण र अनुस्का शर्माको विवाहको कूल खर्च ९०–९५ करोड भारु थियो ।
यसअघि प्रियंका चोपडाले निक जोनससँग विवाह गर्दा १५ करोड भारुको लुगा लगाएर सबैलाई चकित बनाएकी थिइन् । बलिउड महँगो विवाहका लागि चिनिन्छ । तर, बलिउडका शीर्ष पाँच विवाहमा लागेको खर्च बराबर अम्बानीले एउटै विवाहमा खर्च गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कर्णालीलाई रेल र सुरुङ चाहिएन बाटो चाहियो : ज्ञानेन्द्र शाही
-
एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी
-
मेरो अटो मोटर र्यालीको चौथो संस्करण ‘काठमाडौँ टु सौराहा’ आयोजना हुने
-
कुशल भुर्तेलले नै लिए वेस्ट इन्डिजको तेस्रो विकेट
-
राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
-
आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव