शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

२८ अंकले घटेर सेयर बजार बन्द, साढे २ अर्बको कारोबार

बिहीबार, १७ फागुन २०८०, १५ : ५७
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से २८ अंकमाथिले घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेर २ हजार अंकमा अडिएको बजार आज २८.६८ अंकले घटेर १९ सय ७२.०९ अंकमा झरेको हो । 

आज सेन्सेटिभ इन्डेक्स समेत ४.७९ अंकले घट्दै ३५१.६५ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । 

तथापि, २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ बराबरको ७४ लाख ४६ हजार कित्ता सेयर आज दोस्रो बजारमा कारोबार भएको छ । 

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.२१ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.६२ प्रतिशतले, ट्रेडिङ २.५१ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक २.२७ प्रतिशतले घटेको छ । अन्य समूहहरुको उपसूचक आज २ प्रतिशतले कमले घटेका छन् । 

आज पनि बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य १० प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले नै घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप