गाजामा मारिनेको सङ्ख्या ३० हजार नाघ्यो
गाजा । गत अक्टोबरदेखि सुरु भएको इजरायल र हमासबिचको द्वन्द्वमा परेर गाजामा मारिनेको सङ्ख्या ३० हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । इजरायले अहिले पनि प्यालेस्टिनी भूमिमा हवाईदेखि स्थल कारबाही जारी राखेको छ ।
इजरायलमाथि अन्तर्राष्ट्रिय समुदायले युद्धबिरामको दबाब बढाए पनि अमेरिकाको समर्थनमा उसले आफ्नो अभियान अघि बढाइरहेको छ । संयुक्त राष्ट्र संघमा तत्काल युद्धविरामको प्रस्तावविरुद्ध अमेरिकाले भिटो प्रयोग गर्दै आइरहेको छ ।
हाल अधिकांश प्यालेस्टिनी जनता गाजाको दक्षिणी सहर राफामा खाँदिएर बसेका छन् । त्यहाँ करिब १० लाख जनता बस्दै आएका छन् । अब इजरायलले सो क्षेत्रमा पनि कारबाही अघि बढाउने तयारी गरेपछि मृतकको सङ्ख्या अझै बढ्नेमा चिन्ता व्यक्त गरिएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले मारिनेमा हमासका लडाकु र सर्वसाधारणको सङ्ख्या छुट्याउँदैन । तर, मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेको बताइएको छ । इजरायलले अक्टोबर ७ पछिको आफ्नो कारबाहीमा कम्तीमा १० हजार हमास लडाकु मारिएको बताएको छ ।
सो दिन हमासका लडाकुले गरेको कारबाहीमा इजरायलमा १२ सयभन्दा बढीको मृत्यु भएको थियो । त्यस दिन २५० जनालाई अपहरण गरेर गाजा लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण