दुग्ध क्षेत्रमा आत्मनिर्भर भइसकेका छौँ, घोषणा हुन मात्रै बाँकी छ : डा. यादव
काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले दुग्ध क्षेत्रमा नेपाल आत्मनिर्भर भइसकेको र घोषणा हुन मात्रै बाँकी रहेको बताएका छन् । चार वर्षे कार्यकाल सहिएको अवसरमा पत्रकारसँगको भेटघाटमा डा. यादवले दुग्ध क्षेत्रमा नेपाल आत्मनिर्भर भइसकेको र घोषणा हुन मात्रै बाँकी रहेको बताएका हुन् ।
‘म नियुक्ति हुँदा वार्षिक २३ लाख लिटर दुध उत्पादन हुन्थ्यो,’ उनले भने, ‘हाल ११ प्रतिशतले वृद्धि भएर हाल वार्षिक २६ लाख लिटर पुगेको छ ।’
मन्त्रीपरिषद्को निर्णयले उनलाई २०७६ फागुन ११ गते बोर्डमा चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । बिहीबार उनको चार वर्षे कार्यकाल सकिएको हो ।
उनले ‘राष्ट्रिय दुग्ध विकास नीति, २००८’ स्वीकृत र दुध तथा दुग्ध ढुवानी गर्ने सवारी साधनमा प्रयोग गर्ने प्रतीक चिन्ह (लोगो) तयार तथा कार्यान्वयनका लागि प्रतीक चिन्ह (लोगो) प्रयोग गर्ने सम्बन्धी कार्यविधि, २०७० तयार गरी स्वीकृत गरेको उल्लेख गरेका छन् ।
यस्तै, आफ्नो कार्यकालमा ३५ प्रतिशत बेरुजु फर्छ्यौट गर्न सफल भएको उनले बताए । बोर्डको पुनः संरचनाका लागि राष्ट्रिय दुग्ध विकास ऐन समय सापेक्ष संशोधनका लागि मस्यौदा तयार गरिएको र राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यविधि तथा कर्मचारी प्रशासन विनियमावली २०४९ लाई प्रतिस्थापना गरी नयाँ मस्यौदा तयार गरेको उनले बताए ।
कृषकले उत्पादन गरेको कच्चा दूधको उत्पादन लागत मूल्यको अध्ययनका आधारमा सरकार, मन्त्रीपरिषद्बाट २०७८ र २०७९ सालमा कच्चा दूधको न्यूनतम मूल्य निर्धारण गरेको उनले जानकारी दिए ।
असार १५ गते दही चिउरा खाने, श्रावण १५ गते खीर खाने, माघ १ गते घिउ चाकुखाने, जुन १ विश्व दूध दिवस, सेप्टेम्बर महिनाको तेस्रो बुधबार विश्व विद्यालय दुग्धपान दिवस हरेक वर्षको क्यालेन्डरमा प्रकाशित गर्न कृषि तथा पशुपन्छी मन्त्रालय मार्फत नेपाल पञ्चाङ्ग निर्णायक समितिमा सिफारिस गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण