रुसद्वारा ४८ युक्रेनी ड्रोन नष्ट
बिहीबार, १७ फागुन २०८०, २० : ००
मस्को । पश्चिमी सेनाको समूहको रुसी वायु रक्षा बलले विगत २४ घण्टामा ४८ युक्रेनी ड्रोनहरू नष्ट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
पश्चिमी सेनाको समूहको हवाई रक्षाको क्रममा एकै दिनमा ४८ वटा मानवरहित हवाई सवारी साधनहरू नष्ट गरेको रुसको तास समाचार एजेन्सीले सेनाको प्रेस केन्द्रका प्रमुख इभान बिगमालाई उद्धृत गर्दै जनाएको छ । पूर्वी युक्रेनस्थित कुप्यान्स्क खार्कोभ क्षेत्रमा रहेको सहर हो ।
युक्रेनमा १४५ जनाको ज्यान गएको बताउँदै रुसी हवाई आक्रमणमा व्यापक हतियारको प्रयोग गरिएको बिगमाले जनाएको छ । आक्रमण सम्बन्धमा युक्रेनले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण