बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, निगमद्वारा मूल्य यथावत् राख्ने निर्णय

बिहीबार, १७ फागुन २०८०, २१ : ५४
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । निगमका अनुसार  इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यसूची अनुसार पेट्रोल र डिजेलको मूल्य प्रति लिटर क्रमशः रु ०.२१ र रु ०.८५ ले बढेर आएको छ। 

साथै, एलपी ग्यासको मूल्य पनि प्रति सिलिण्डर रु २१.६६ ले बढेर आएको छ । तर, निगमले हाललाई खुद्रा मूल्य नबढाई यथावत् राख्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

यद्यपि मूल्य बढ्दा ग्यासको भाउ प्रति सिलिण्डर ३२५.०९ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ । ‘उपभोक्ताको हितलाई ध्यानमा राखी हाललाई पेट्रोल, डिजेल/मट्टितेल, हवाई इन्धन तथा एलपि ग्यासको साबिकको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप