भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, निगमद्वारा मूल्य यथावत् राख्ने निर्णय
बिहीबार, १७ फागुन २०८०, २१ : ५४
काठमाडौँ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यसूची अनुसार पेट्रोल र डिजेलको मूल्य प्रति लिटर क्रमशः रु ०.२१ र रु ०.८५ ले बढेर आएको छ।
साथै, एलपी ग्यासको मूल्य पनि प्रति सिलिण्डर रु २१.६६ ले बढेर आएको छ । तर, निगमले हाललाई खुद्रा मूल्य नबढाई यथावत् राख्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यद्यपि मूल्य बढ्दा ग्यासको भाउ प्रति सिलिण्डर ३२५.०९ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ । ‘उपभोक्ताको हितलाई ध्यानमा राखी हाललाई पेट्रोल, डिजेल/मट्टितेल, हवाई इन्धन तथा एलपि ग्यासको साबिकको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण