बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय अन्तरिक्ष एजेन्सीको रकेटमा चीनको झन्डा राखिएपछि...

शुक्रबार, १८ फागुन २०८०, १२ : ३४
शुक्रबार, १८ फागुन २०८०

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष एजेन्सी (इसरो)को एउटा विज्ञापनमा चीनको झन्डा प्रयोग भएपछि विवाद भएको छ । तमिलनाडुमा इसरोको नयाँ लञ्च कम्प्लेक्स सम्बन्धी विज्ञापनमा भारतको झन्डाको ठाउँमा चीनको झन्डा देखाइएको थियो ।

पार्टीको तर्फबाट उक्त विज्ञापन दिने डीएमके नेता एवं माछापालन मन्त्री अनिता आर राधाकृष्णनले घटनाको एक दिनपछि बिहीबार स्पष्टीकरण दिएकी छन् ।

उनले डिजाइनरको गल्तीले विज्ञापनमा चीनको झन्डा प्रयोग भएको बताइएकी छन् । 'यो सामान्य गल्ती हो, यसमा डीएमकेको कुनै कुनियत छैन', सरकारी समाचार संस्था पीटीआईका अनुसार राधाकृष्णनले भनेकी छन्, ‘विज्ञापनमा एउटा सानो गल्ती भयो । हाम्रो कुनै अन्य उद्देश्य होइन । हाम्रो मनमा भारतप्रति माया मात्रै छ ।’

डीएमकेका तात्कालीन नेता एम. करुणानिधिले सबैभन्दा पहिला तमिलनाडुको कुलसेकरपट्टिनममा इसरोका लागि नयाँ प्रक्षेपण कम्प्लेक्स बनाउने माग गरेका थिए । मुख्यमन्त्री एमके स्टालिन र थूकुकुडीदेखि लोकसभा सदस्य कनिमोइसम्मले तमिलनाडुमा इसरो प्रक्षेपण परिसर बनाउन केन्द्र सरकारसँग अनुरोध गरेका थिए ।

यो परियोजना तमिलनाडु ल्याउन डीएमके नेताहरुको प्रयास देखाउन विज्ञापन बनाइएको थियो । विज्ञापन बनाउनेले ठुलो गल्ती गरिदियो- भारतको झन्डाको ठाउँमा चीनको झन्डा राखिदिएर । तर, त्यसमा कसैले ध्यान दिएनन् । विज्ञापन प्रसारण भएपछि मात्रै यो गल्ती थाहा भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप