काम गरेर देखाउनुपर्छ भन्ने कुरा भरतपुर महानगरपालिकाले स्थापित गरेको छ : मेयर दाहाल

काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बोलेर नभइ काम गरेर देखाउनुपर्छ भन्ने कुरा भरतपुर महानगरपालिकाले स्थापित गरेर देखाएको दाबी गरिन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न स्थानीय तह आफैमा बलियो हुनेपर्ने बताइन् ।
‘बोलेर होइन गरेर देखाउनुपर्छ भन्ने कुरा भरतपुर महानगरपालिकाले स्थापित गरेको छ । भरतपुरले आर्थिक, समाजिक, धार्मिक, साँस्कृतिक विकासमा महानगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न स्थानीय तह आफैमा बलियो हुनुपर्छ । यही मान्यताका साथ भरतपुर अगाडि बढेको छ’, शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा उलने भनिन् ।
भरतपुरको विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलेको भूमिका जति प्रशंसा गरेपनि नपुग्ने बताइन् । त्यस्तै महानगरपालिकाको समृद्धिका लागि पूर्वप्रधानमन्त्रीहरू, दलका नेताहरू, सरोकार तथा नगरबासीलाई धन्यवाद दिइन् ।
उनले भरतपुर भ्रमण वर्षले आर्थिक, सामाजिक, धार्मिक र प्राकृतिक रुपमा विश्वका पर्यटकलाई आकर्षित गर्ने उदेश्य रहेको बताइन् । महानगरपाका बासीले दुईपटकसम्म विजयी गराएर आर्थिक समृद्धिको उवाहर ल्याएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका रुग्ण उद्योगहरूलाई नयाँ मोडालिटीका साथ अघि बढाउने बढाउँछौँ : उद्योग मन्त्री
-
भारतले सञ्चालन गरेको ‘अपरेसन सिन्दूर’ बारे माओवादीका गुरुङ र शर्माले के भने ?
-
मानव बेचबिखन आरोपमा एक जना पक्राउ, प्रलोभन देखाएर दुई युवतीलाई लैजाँदै थिए भारत
-
हिरासत
-
स्वास्थ्य मन्त्री पौडेलद्वारा महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन
-
तीनकुने घटना : मिश्र र प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि अदालत लगियो