बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आफू लक्षित ‘डिग्री माइला’को संवादमा विनोद चौधरीले दिए यस्तो प्रतिक्रिया

शुक्रबार, १८ फागुन २०८०, ११ : ००
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । फिल्म ‘डिग्री माइला’ ले केही अगाडि सार्वजनिक गरेको टिजरमा अभिनेता दयाहाङ राईको एउटा संवादमा सिजी ग्रुपले ४ लाखको अफर गर्दा पनि आफूले काम नगरेको भन्ने छ । उक्त संवाद प्रति सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीले प्रतिक्रिया दिएका छन् ।

चौधरीले शुक्रवार फेसबुकमा टिजरको क्लिप सेयर गर्दै यस विषयमा प्रतिक्रिया जनाएका हुन् । उनले लेखेका छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यहि एउटै फिल्मबाट कमाउनुहुन्छ होला जस्तै छ, त दयाहाङजी,  हैट !’ उनले आफ्नो वार्षिक कमाइभन्दा धेरै दयाहाङले यही फिल्मबाट कमाउने बताएका हुन् । उनले यो पोस्ट अभिनेता दयाहाङलाई समेत ट्याग गरेका छन् ।

उद्योगपति चौधरी नेपाली फिल्मर फिल्मकर्मीसँग नजिक पनि छन् । फिल्म ‘वासुदेव’ का निर्माता समेत रहेका उनले आफ्नो कम्पनी चौधरी इन्टरटेन्मेन्टबाट अभिनेत्री ऋचा शर्मासँग मिलेर ‘भिसा गर्ल’ नामक फिल्म समेत निर्माण गरेका थिए । उनी प्रत्यक्ष निर्वाचित संघिय सांसद समेत हुन् ।

‘डिग्री माइला’ आगामी नयाँ वर्षबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्ममा दयाहाङको अलवा आँचल शर्मा, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक, अनिल सुब्बा, पशुपति राई, हिउँवाला गौतम, शेखर चापागाईँ लगायतको अभिनय छ । शैक्षिक बेरोजगारीले युवाहरूमा ल्याएको निराशा फिल्मको कथा हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप