आफू लक्षित ‘डिग्री माइला’को संवादमा विनोद चौधरीले दिए यस्तो प्रतिक्रिया
काठमाडौँ । फिल्म ‘डिग्री माइला’ ले केही अगाडि सार्वजनिक गरेको टिजरमा अभिनेता दयाहाङ राईको एउटा संवादमा सिजी ग्रुपले ४ लाखको अफर गर्दा पनि आफूले काम नगरेको भन्ने छ । उक्त संवाद प्रति सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीले प्रतिक्रिया दिएका छन् ।
चौधरीले शुक्रवार फेसबुकमा टिजरको क्लिप सेयर गर्दै यस विषयमा प्रतिक्रिया जनाएका हुन् । उनले लेखेका छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यहि एउटै फिल्मबाट कमाउनुहुन्छ होला जस्तै छ, त दयाहाङजी, हैट !’ उनले आफ्नो वार्षिक कमाइभन्दा धेरै दयाहाङले यही फिल्मबाट कमाउने बताएका हुन् । उनले यो पोस्ट अभिनेता दयाहाङलाई समेत ट्याग गरेका छन् ।
उद्योगपति चौधरी नेपाली फिल्मर फिल्मकर्मीसँग नजिक पनि छन् । फिल्म ‘वासुदेव’ का निर्माता समेत रहेका उनले आफ्नो कम्पनी चौधरी इन्टरटेन्मेन्टबाट अभिनेत्री ऋचा शर्मासँग मिलेर ‘भिसा गर्ल’ नामक फिल्म समेत निर्माण गरेका थिए । उनी प्रत्यक्ष निर्वाचित संघिय सांसद समेत हुन् ।
‘डिग्री माइला’ आगामी नयाँ वर्षबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्ममा दयाहाङको अलवा आँचल शर्मा, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक, अनिल सुब्बा, पशुपति राई, हिउँवाला गौतम, शेखर चापागाईँ लगायतको अभिनय छ । शैक्षिक बेरोजगारीले युवाहरूमा ल्याएको निराशा फिल्मको कथा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण