बहराइनविरुद्धको विश्वकप छनोट फुटबलका लागि प्रारम्भिक टोलीको घोषणा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले निकट भविष्यमा हुने पुरुष विश्वकप छनोट फुटबलको दोस्रो चरणको बहाराइनविरुद्धको खेलका लागि शुक्रबार आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
एन्फाले घोषणा गरेको प्रारम्भिक टोलीमा गोलरक्षकका रुपमा अभिषेक बराल, विशाल सुनार, दीप कार्की र किरण चेम्जोङ रहेका छन् । डिफेन्डरका रुपमा अजय चौधरी, अनन्त तामाङ, अञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र बीके, रोहित चन्द, सनिष श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ रहेका छन् ।
यसैगरी मिडफिल्डरमा एरिक बिष्ट, विकाल तामाङ, कृतिषरत्न छुन्जु, लाकेन लिम्बु, मनिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज ठकुरी र उत्सव राई रहेका छन् । स्ट्राइकरमा अञ्जन बिष्ट, आयुष घलान, दिनेश हेन्जन, गिलेस्पी जंग कार्की, हिसुब थपलिया, राजेश परियार, समिर तामाङ र सञ्जिव बिष्ट रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण