सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कानुनी रिक्ततालाई परिपूर्ति गर्नेगरी काम गरिरहेको छु : मन्त्री राई

शुक्रबार, १८ फागुन २०८०, १७ : ११
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा देखापरेका कानुनी रिक्ततालाई परिपूर्ति गर्नेगरी काम गरिरहेको बताएका छन् ।  

शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले शिक्षा क्षेत्रमा कानुनी हिसाबले देखा परेका रिक्ततालाई परिपूर्ति गर्ने ढंगले काम गरिरहेको बताएका हुन् । उनले शिक्षा क्षेत्रको सबभन्दा मुख्य समस्या भनेकै उपयुक्त ऐन, कानूनहरुको अभाव भएको भन्दै परिवर्तित व्यवस्था अनुरुपको ऐन, कानुनहरु बनाउनुपर्ने बताए । 

मन्त्री राईले प्राविधिक शिक्षा सम्बन्धी ऐन संसदमा आउने अन्तिम चरणमा रहेको बताए । त्यस्तै उच्च शिक्षा सम्बन्धी ऐनपनि संसदमा छिट्टै ल्याउने गरी काम गरिरहेको उनले जानकारी दिए ।

उनले भने,‘अहिले शिक्षा क्षेत्रको सबभन्दा मुख्य समस्या भनेकै उपयुक्त ऐन, कानूनहरुको अभाव हो । परिवर्तित व्यवस्था अनुरुपको ऐन, कानूनहरु बनाउनुपर्ने छ । विद्यालय शिक्षा सम्बन्धी ऐन अहिले छलफलमा छ समितिमा । प्राविधिक शिक्षा सम्बन्धी ऐन संसदमा आउनेवाला छ अन्तिम चरणमा छ । त्यस्तै, उच्च शिक्षा सम्बन्धी ऐनपनि नयाँ ढंगले ड्राफ्ट गरेर अगाडी लानुपर्ने आवश्यकतामा छ । ०७६ सालमा बनेको ड्राफ्ट सार्वजनिक रुपमा छलफलका लागि मैले सार्वजनिक गरेको थिएँ । धेरै विज्ञहरुको विचार हेर्दाखेरी त्यो ऐनलाई नयाँ ढंगले नयाँ आकार, नयाँ सारतत्व राखेर समयानुकूल बनाउनुपर्ने कुरा आएको छ । त्यसलाई ड्राफ्ट गरेर सकेसम्म छिटो संसदमा प्रस्तुत गर्ने प्रयत्न चलिरहेको छ । शिक्षा क्षेत्रमा कानुनी हिसाबले देखा परेको एकखालको रिक्तता नै भन्न सकिन्छ यसलाई, त्यो रिक्ततालाई परिपूर्ति गर्ने ढंगले म काम गरिरहेको छु ।

मन्त्री राईले निजी क्षेत्रलाई सार्वजनिक गुठितर्फ अगाडी बढाउनेगरी प्रेरित गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप