स्थानीय तहको वडा विभाजन र सिमाना परिवर्तनका लागि कार्यविधि तर्जुमा गर्न अनुरोध गर्ने निर्णय
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको वडा विभाजन र सिमाना परिवर्तनका लागि कार्यविधि तर्जुमा गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
मन्त्री अनितादेवी अध्यक्ष रहेको मन्त्रालयको विषयगत समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो। ‘स्थानीय तहको वडा विभाजन र सिमाना परिवर्तनका लागि आवश्यक मापदण्ड–कार्यविधि तर्जुमा गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने’, बैठकपछि मन्त्रालयले जारी गरेको निर्णयको बुँदा नम्बर २ मा भनिएको छ ।
यस्तै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधनका लागि तयार पारिएको मस्यौदा उपर प्रदेश सरकारसँग समेत सुझाव माग गरिने भएको छ ।
प्रदेश र स्थानीय तहका सङ्गठन संरचना र दरबन्दी सिर्जना व्यवस्थापन सम्बन्धी राष्ट्रिय मापदण्ड तर्जुमा गर्नका लागि सरकारलाई अनुरोध गर्नेलगायतका निर्णय पनि बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
-
संसद्मा थिङको नियमापत्ति : मानवतस्करी भनेर कसलाई भन्न खोजिएको हो ? पुष्टि गर्न सकिन्छ ?
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)