चितवन पर्यटनको क्षेत्रमा महत्त्वपूर्ण : खिलराज रेग्मी
काठमाडौँ । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चितवन पर्यटनको क्षेत्रमा महत्त्वपूर्ण क्षेत्र सावित भइसकेको बताएका छन् ।
शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले आध्यात्मिक, धार्मिक, सांस्कृतिक, जैविक विविधताका हिसाबमा चितवन महत्त्वपूर्ण रहेको बताए ।
पूर्वअध्यक्ष रेग्मीले चितवन पर्यटकहरु अधिकांशको मुख्य गन्तव्य बन्दै जानु आफैँमा सकारात्मक रहेको बताए । उनले चितवनको विविधतापूर्ण कुराले अध्ययनको केन्द्र बन्ने बताए । उनले पर्यटकीय विकासका लागि चितवन महत्त्वपूर्ण रहेको बताए ।
उनले भने, ‘चितवन आज पर्यटनको क्षेत्रमा महत्त्वपूर्ण सावित भइसकेको छ । आध्यात्मिक रुपले होस्, जैविकि विविधताले होस् आज यस क्षेत्रमा मानिसहरु विविध कारणले अन्यत्र भन्दा यहाँ आउँछन् । यो पूर्वदेखि पश्चिमसम्मको केन्द्रबिन्दु हो । त्यसैले पनि सबैको गन्तव्य बनेको छ । हामीले विदेशीलाई देखाउने ठाउँ एउटा चितवन र पोखरा हो । आज भ्रमण क्षेत्र बढेका छन् । पर्यटकीय क्षेत्रहरु बढेका छन् । चितवनको विविधतापूर्ण कुराले अध्ययनको केन्द्र बनेको छ । भरतपुर आफैँमा गेट वे हो । यो महत्त्वपूर्ण ढोका हो । पर्यटकीय विकासका लागि यो महत्त्वपूर्ण छ ।’
पूर्वअध्यक्ष रेग्मीले नागरिकको आर्थिक विकास नभई आन्तरिक पर्यटनमा वृद्धि हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण