विकेटको महत्त्व बुझेर खेल्ने प्रयासमा छु : कुशल मल्ल
काठमाडौँ । नामिबियाबिरुद्धको जितपछि नेपालका अलराउण्डर कुशल मल्लले आफू धैर्यता राखेर खेल्ने प्रयास गरिरहेको बताएका छन् । नेपालले शुक्रबार त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा नामिबियामाथि ३ रनको जित निकाल्दा कुशल म्यान अफ दी म्याचसमेत भए । खेलपछिको पत्रकार सम्मेलनमा उनले आफू सहजै विकेट नदिने उद्देश्यअनुरूप खेलिरहेको बताए । प्रधानमन्त्री कपपछि जिम्मेवारी लिएर खेल्न सिकेको उल्लेख गर्दै उनले विकेटको महत्त्व बुझेको बताए । उक्त खेलमा कुशल ३७ बलमा ५५ रनमा नटआउट रहे ।
उनकै प्रेरणामा नेपालले निर्धारित २० ओभरमा १८० रनको राम्रो योगफल बनाएको थियो । कुशलले टोलीको लक्ष्य पनि एक सय ८० को हारहारीमा नै योगफल बनाउने रहेको पनि बताए । यद्यपि, अन्तिम ओभरतिर भने त्योभन्दा बढी योगफल बनाउने लक्ष्य बनाएको उनको धारणा थियो । उनले ७÷८ को रन रेटमा रन बनाउने योजना रहे पनि सुरुवाती विकेट गुम्दा केही चुनौती पनि बनेको बताए ।
डेथ ओभरमा १२ रन जोगाएपछि करण केसीले नेपाललाई रोमाञ्चक जित दिलाए । उनले आफूले नै फसाएको खेललाई जोगाउन पर्छ भन्ने लागेको खुलासा गरे ।
सोहीअनुरूप कप्तान रोहितकुमार पौडेले पनि आफूलाई नै डेथ ओभरमा जिम्मेवारी दिएको बताए । यद्यपि आफूमा यो खेल जोगाउँछु भन्ने आत्मविश्वासमा रहेको उनको भनाइ छ । करणले आफ्नो पहिलो बल योर्कर फ्याक्छु भन्ने अनुरूप बलिङ गरेको बताए । दबाबमा रहेरभन्दा पनि त्यसमा खेलमा रमाएर खेल्ने आफ्नो रणनीति हुने गरेको उनले बताए । नामिबियाविरुद्धको जितले खराब समय सकिएको उनलाई विश्वास लागेको छ । पछिल्ला ४÷५ महिना डेथ ओभरमा कसरी बलिङ गर्ने भन्नेबारे काम गरिरहेको करणले खुलासा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026