मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुक समृद्धिको सूत्र पर्यटन हो : अध्यक्ष ढकाल

शुक्रबार, १८ फागुन २०८०, १९ : ४२
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक समृद्धिको सूत्र पर्यटन भएको बताएका छन् ।  

शुक्रबार चितवनमा भएको भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले पनि त्यही अनुसार नीति कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिए । उनले नेपालमा पर्यटनको सम्भावना अथाह भएपनि तिनीहरुको प्रचारप्रसार गर्न नसकिएको उल्लेख गरे । 

अध्यक्ष ढकालले ठूला कार्यक्रममा र प्रचारप्रसार बिना नै नेपालमा आएका भन्ने वास्तविकतालाई बुझेर सरकारले नीति नियमहरु बनाउनु जरुरी रहेको बताए । उनले पर्यटकहरुको लागि आवश्यक पर्यटक पूर्वाधार बनाउन सकिए मात्रै पर्यटन आगमनको अहिलेको अवस्थामा गुणात्मक रुपमा परिवर्तन ल्याउन सकिने बताए । उनले सरकारले अर्बौं लगाएर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आउन नसकेको भन्दै सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए । 

अध्यक्ष ढकालले सरकारले पर्यटन सुधारको लागि हिल स्टेशनको विकास गर्नुपर्ने जरुरी रहेको बताए । उनले अर्थतन्त्र मन्दी आएको भन्दै समाधान गर्नको लागि सरकारले सक्रिय रुपमा पहल गर्न आवश्यक रहेको धारणा राखे । उनले अर्थतन्त्रमा देखिएको वर्तमान अवस्था सर्वपक्षीय सहभागितामा समाधानको पहल पर्ने अपेक्षा निजी क्षेत्रको रहेको बताए । उनले  अर्थतन्त्रका वर्तमान समस्या समाधानको लागि सर्वपक्षीय छलफलको प्रस्ताव राख्न समेत राखे । उनले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताए ।

अध्यक्ष ढकालले वैदेशिक रोजगारीमा जाने नेपालीहरु बढेको भन्दै सरकारले तत्काल रोक्न आवश्यक रहेको बताए । उनले नेपालमा नै रोजगारीको सिर्जना गरी नेपालमा व्यवसायीक वातावरण बनाएर वैदेशिक रोजगारीमा जान रोक्नसके छोटो समयमा व्यवसायी गतिविधि बढ्नसक्ने दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप