किसानलाई प्रविधिमैत्री बनाउन हाते ट्याक्टर वितरण
काभ्रे । काभ्रेको बनेपा नगरपालिकाले किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा पालिकाभित्रका कृषकलाई हाते ट्याक्टर वितरण गरेको हो ।
किसानलाई कृषि पेसामा आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले ६५ वटा हाते ट्याक्टर वितरण गरिएको हो ।
नगरपालिकाका १४ वडाका ६५ जना किसानहरूलाई ३२ हजार रुपैयाँ लागत पर्ने हाते ट्याक्टर वितरण गरिएको हो । किसानलाई वितरण गरिएको उक्त ट्याक्टर खरिदका लागि नगरपालिकाले ५० प्रतिशत अनुदानमा बापत १६ हजार रुपैयाँ उपलब्ध गराएको हो ।
नगर प्रमुख शान्तिरत्न शाक्यका अनुसार किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो ।
कृषि पेसालाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएको मेयर शाक्यले बताए । कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको उनले बताए । अनुदानमा लिएको यस हाते ट्याक्टर दुरुपयोग नभई यसलाई सदुपयोग गरेर किसानले सहजता लिन आग्रह गरे । किसानका हितका लागि नै बनेपा नगरपालिका किसानका लागि हरेक काम गदै आएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण