बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

किसानलाई प्रविधिमैत्री बनाउन हाते ट्याक्टर वितरण

शुक्रबार, १८ फागुन २०८०, २० : ४७
शुक्रबार, १८ फागुन २०८०

काभ्रे । काभ्रेको बनेपा नगरपालिकाले किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा पालिकाभित्रका कृषकलाई हाते ट्याक्टर वितरण गरेको हो ।

किसानलाई कृषि पेसामा आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले ६५ वटा हाते ट्याक्टर वितरण गरिएको हो ।

नगरपालिकाका १४ वडाका ६५ जना किसानहरूलाई ३२ हजार रुपैयाँ लागत पर्ने हाते ट्याक्टर वितरण गरिएको हो । किसानलाई वितरण गरिएको उक्त ट्याक्टर खरिदका लागि नगरपालिकाले ५० प्रतिशत अनुदानमा बापत १६ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

नगर प्रमुख शान्तिरत्न शाक्यका अनुसार किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो ।

कृषि पेसालाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएको मेयर शाक्यले बताए । कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको उनले बताए । अनुदानमा लिएको यस हाते ट्याक्टर दुरुपयोग नभई यसलाई सदुपयोग गरेर किसानले सहजता लिन आग्रह गरे । किसानका हितका लागि नै बनेपा नगरपालिका किसानका लागि हरेक काम गदै आएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप