भाजपा प्रवेश गर्दै अक्षय ? लोकसभा चुनाव लड्ने चर्चा
मुम्बई । सन् २०२४ को लोकसभा चुनावको लागि राजनीतिक दलहरुबिच चहलपहल बढ्दो छ । सत्तारुढ भाजपा फेरि एकपटक ४ सयको लक्ष्यसहित ह्याट्रिक गर्न प्रयास गर्दैछ । विपक्षी दलहरू भाजपाको विजयी रथलाई कुनै न कुनै रूपमा रोक्न खोजिरहेका छन् ।
यता बलिउडका धेरै दिग्गज कलाकारहरु राजनीतिमा सक्रिय छन् । बलिउड स्टार अक्षय कुमार पनि यो सूचीमा समावेश हुन सक्छन् । अक्षय कुमार नेता बन्न तयार छन् र भाजपाको टिकटमा चुनाव लड्न सक्ने खबर छ ।
बलिउडका मिस्टर खिलाडी कुमारले २०२४ को लोकसभा चुनाव लड्न सक्ने बताइएको छ । यदि मिडिया रिपोर्टहरू विश्वास गर्ने हो भने अभिनेता चाँडै भाजपामा सामेल हुन सक्छ र पार्टीले उनलाई दिल्लीको सीटबाट उम्मेदवार बनाउन सक्छ।
मिडियामा आएको खबर अनुसार अक्षय कुमार दिल्लीको चाँदनी चोक सीटबाट भाजपाबाट चुनाव लड्न सक्नेछन् । अभिनेतासँग पार्टीका केही नेता सम्पर्कमा रहेको बताइएको छ । यद्यपि यस विषयमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन । वास्तवमा देशको राजधानी दिल्लीमा आम आदमी पार्टी र कांग्रेसले गठबन्धन बनाएर लोकसभा चुनाव लड्ने निर्णय गरेका छन् ।
दिल्लीमा आम आदमी पार्टीले ४ सिटमा चुनाव लड्नेछ भने कांग्रेसले ३ सिटमा चुनाव लड्नेछ । भाजपा नेता तथा पूर्व केन्द्रीय मन्त्री डा हर्ष वर्धनले २०१४ र २०१९ मा दुई पटक सिट जितेका थिए। यो सिट कांग्रेसका पूर्व नेता तथा केन्द्रीय मन्त्री कपिल सिब्बलले २००४ र २००९ मा जितेका थिए ।
अक्षय कुमारको भाजपासँग राम्रो सम्बन्ध भएकाले भाजपामा प्रवेश गर्ने निश्चित रहेको बताइएको छ। उनी प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अन्तर्वार्ताका कारण पनि चर्चामा रहे । उनी छिट्टै फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा देखिनेछन् । जसमा उनीसँगै टाइगर श्राफ देखिँदै छन् । यो फिल्म अप्रिल ९ मा हलमा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण