आजपाका दुई नेता पार्टीबाट निष्कासित
रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले कुन्दन कुशवाहा र रामप्रीत रामलाई कारबाही गरेको छ । पार्टी विधान, नीति तथा कार्यक्रमका विरुद्धमा लागेका भन्दै कुशवाहा र रामलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।
आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभूषण साहले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिएका छन् । राम आजपाको उपाध्यक्षको जिम्मेवारी रहेका थिए भने पूर्व प्रदेश सांसद कुशवाहा पार्टीको उपमहासचिवको जिम्मेवारीमा रहेका थिए।
‘हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीले स्थापना कालदेखि नै जनपक्षीय मुद्दाहरूमा एकपछि अर्को सफलता हासिल गर्दै आम जनतामा ठुलो आत्मविश्वास एवं आशा जागृत गरिरहेको सन्दर्भमा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूले हामीमाथि निरन्तर हमला गरिरहेको विषय जगजाहेर नै छ । यसै बिच पार्टी निर्माणको गतिलाई अवरोध तथा आन्दोलनलाई घात पुग्ने गरी प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा पार्टी विरोधी अवाञ्छित गतिविधिहरूमा संलग्न रहेको विषय पुष्टि भएकोले रामप्रीत राम र कुन्दन कुशवाहालाई पार्टीबाट निष्कासन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण