शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चार जना मृत फेला

शनिबार, १९ फागुन २०८०, १६ : ४२
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको तार्केश्वर नगरपालिका-६ धर्मस्थली तिमिल्सिना टोलस्थित बाटोमा काभ्रे घर भएका ४८ वर्षीय श्याम तामाङ शनिबार मृत अवस्थामा फेला परेका हुन् । 

यसैगरी धादिङको नेत्रावती गाउँपालिका-५ कटुन्जे बस्ने ७१ वर्षीय बाबुकाजी मानन्धर सोही ठाउँस्थित महाबिरचुली भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता सङ्खुवासभाको खाँदबारी नगरपालिका-७ डेरा गरी बस्ने सिलिचोङ गाउँपालिका-२ घर भएकी २६ वर्षीया विना राई आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । 

यस्तै रूपन्देहीको मायादेवी गाउँपालिका-५ गोनाह बस्ने ६५ वर्षीय धनराज हरिजन सोही गाउँपालिका-६ खजुरियास्थित गहुँबारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप