चार जना मृत फेला
शनिबार, १९ फागुन २०८०, १६ : ४२
काठमाडौँ । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको तार्केश्वर नगरपालिका-६ धर्मस्थली तिमिल्सिना टोलस्थित बाटोमा काभ्रे घर भएका ४८ वर्षीय श्याम तामाङ शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी धादिङको नेत्रावती गाउँपालिका-५ कटुन्जे बस्ने ७१ वर्षीय बाबुकाजी मानन्धर सोही ठाउँस्थित महाबिरचुली भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता सङ्खुवासभाको खाँदबारी नगरपालिका-७ डेरा गरी बस्ने सिलिचोङ गाउँपालिका-२ घर भएकी २६ वर्षीया विना राई आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै रूपन्देहीको मायादेवी गाउँपालिका-५ गोनाह बस्ने ६५ वर्षीय धनराज हरिजन सोही गाउँपालिका-६ खजुरियास्थित गहुँबारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण