नइका ‘सिक्का र टिकट’ लोकार्पण
काठमाडौँ । नइ प्रकाशनले नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको लोकार्पण गरेको छ । नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरे ।
नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ सिक्का र नेपाल सरकार हुलाक सेवा विभागबाट १० रुपैयाँको हुलाक टिकट प्रकाशनमा आएको हो । नेपाल राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाउँमा सिक्का टकमरी भएको यो पहिलो अवसरका रुपमा रहेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताए ।
नेपाली वाङ्मयप्रेमीको विशिष्ट संस्थाको रुपमा रहेको नइ प्रकाशन विसं २०५२ मा स्थापना भएको हो । स्थापनाकालदेखि संस्थाले परम्परागत सांस्कृतिक मूल्य, मान्यता र धारणालाई शिरोपर गर्दै नेपाली भाषासाहित्य, कला, संस्कृति, समाजसेवा, ज्ञानविज्ञान, चिन्तन, खेलकुदलगायतका अन्य विविध क्षेत्रमा प्रकाशन तथा प्रतिभालाई सम्मान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण