टीसीएल फेरि बन्यो ग्लोबल टप २ टीभी ब्रान्ड
आइतबार, २० फागुन २०८०, ११ : ५७
काठमाडौँ । टीसीएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाको ग्लोबल टप २ टिभि ब्रान्डको रूपमा फेरि मान्यता पाएको छ। यो उपलब्धिको मूल कारण कम्पनीको मिनी एलईडी टिभीहरू जस्ता सफल प्रिमियम टिभीहरुको श्रृंखला २०२३ मा बजारमा उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ ।
यस खालका टिभिले हालैका वर्षहरूमा चर्चा पाएका छन् । आफ्नो प्रिमियम टिभी उत्पादन पोर्टफोलियोलाई विस्तार गर्ने र अभिवृद्धि गर्ने लक्ष्यका साथ, टीसीएल सन् २०१९ मा विश्वमै मिनी एलईडी टिभीको ठूलो उत्पादन गर्ने पहिलो कम्पनी पनि बनेको छ ।
टीसीएलले गत वर्ष ९८ इन्च र सोभन्दा माथिको मिनी एलईडी टिभीहरूको श्रृंखला पनि बजारमा सार्वजनिक गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण