जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
काठमाडौं । दुई छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित लोकतान्त्रिक चोकबाट ७ जना पक्राउ परेका छन् ।
टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने म्याग्दी धौलागिरी नगरपालिका-७ घर भएका ४८ वर्षीय तेजेन्द्र भण्डारी समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ५ सय ६५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका-८ सभागृह चोकबाट पनि ६ जना पक्राउ परेका छन् । स्थानीय गोपाल बस्नेतको मोटरसाइकल ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा बारा बिश्रामपुर नगरपालिका-१ घर भएका ४० वर्षीय रमेश शाह समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४० हजार ४ सय ५० नेपाली रूपैयाँ, ३ हजार २ सय भारतीय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण