शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

आइतबार, २० फागुन २०८०, १२ : १०
आइतबार, २० फागुन २०८०

काठमाडौं । दुई छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार      काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित लोकतान्त्रिक चोकबाट ७ जना पक्राउ परेका छन् । 

टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने म्याग्दी धौलागिरी नगरपालिका-७ घर भएका ४८ वर्षीय तेजेन्द्र भण्डारी समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ५ सय ६५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । 

यसैगरी कास्कीको पोखरा महानगरपालिका-८ सभागृह चोकबाट पनि ६ जना पक्राउ परेका छन् । स्थानीय गोपाल बस्नेतको मोटरसाइकल ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा बारा बिश्रामपुर नगरपालिका-१ घर भएका ४० वर्षीय रमेश शाह समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
 वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४० हजार ४ सय ५० नेपाली रूपैयाँ, ३ हजार २ सय भारतीय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप