प्रदेशभित्रका सरकारी अस्पतालको सेवा चित्तबुझ्दो छैन : मुख्यमन्त्री यादव
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशभित्रका सरकारी अस्पतालको सेवा गुणस्तरीय नरहेको बताएका छन् । चिकित्सक दिवसको अवसर पारेर जनकपुरमा आयोजित मधेस स्वास्थ्य शिखर सम्मेलन–२०२४ को उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यस्तो गुनासो गरेका हुन् ।
आफ्नो प्रदेशमा स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ । तर राजनीतिकका कारणले मधेसको स्वास्थ्य क्षेत्र थला परेको उनको तर्क छ । त्यस कारण खासगरी स्वास्थ्य क्षेत्रसँगै शिक्षा क्षेत्रलाई पनि राजनीतिबाट टाढा राख्नु पर्ने जरुरी रहेको उनको भनाइ छ ।
उनका अनुसार स्वास्थ्य क्षेत्रमा देखिएको समस्याको सुधार भौतिक प्रगतिले मात्रै सम्भव हुँदैन । उनले भने, ‘प्रदेश सरकार स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार व्यवस्थापनको क्षेत्रमा तीव्र गतिको स्पिडमा छ, अव चिकित्सकहरूले पनि आफ्नो धर्म निर्वाह त्यही गतिमा गर्नुपर्यो । अनि समस्या आफै समाधान हुन्छ । बाँकी अस्पताललाई चाहिने हरेक सामग्री दिन्छौँ, अब गुणस्तरीय सेवा प्रवाह गरिदिने जिम्मा तपाईँहरूको हो ।’
चिकित्सकहरूकै माग अनुसार मधेस सरकारले करारका चिकित्सकहरूको लागि ४५ वर्ष उमेर निर्धारणसमेत गरेको मुख्यमन्त्री यादव बताउँछन् । यसलाई अब छिट्टै कानुन नै संशोधन गरेर लोक सेवामासमेत सोही उमेर निर्धारण गरिने तयारी गरिरहेको मुख्यमन्त्री यादवले सुनाए ।
उनले भने, ‘चिकित्सकहरूको पारिश्रमिक सम्बन्धी गुनासोलाई मध्यनजर गरिएको छ, समस्या सम्बोधनका लागि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूलाई थप ४० प्रतिशत भत्ता दिन थालिएको छ ।’
प्रदेश मातहतका प्रादेशिक अस्पतालहरूलाई १०० बेडमा स्तरोन्नति गर्नुका साथै थप ५ वटा अस्पताललाई ५० बेडको बनाउने कार्य भइरहेको मुख्यमन्त्री यादवको भनाइ छ ।
मधेसमा स्वास्थ्य क्षेत्रमा डामाडोल रहेकोले यो क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मुख्यमन्त्री यादवले मधेसको समृद्धिका लागी शिक्षा र स्वास्थ्य क्षेत्रलाई मधेस सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
चिकित्सक सङ्घ जनकपुर शाखाका अध्यक्ष डा. रामजी यादवको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा मधेस सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले प्रा डा. जयनाथ साह, डा. निरज सिंह, डा. अनिल विक्रम कार्की सहितले आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण