‘कुनै पनि बेला गठबन्धन टुट्न सक्छ’
जनकपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सत्ता गठबन्धन आफैँ भित्रका समस्या र अन्तर्विरोधको भुमरीमा फसिरहेको भन्दै कुनै पनि बेला टुट्न सक्ने बताएका छन् ।
आइतबार धनुषामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले जनकपुर विमानस्थलमा सत्ता गठबन्धन आफ्नै अन्तर्विरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न सक्ने टिप्पणी गरे । गठबन्धन भित्रको तमासा आफूहरूले हेरिरहेको भन्दै पौडेलले भने, ‘यो गठबन्धन आफैँ भित्रका समस्या र अन्तर्विरोधहरूले चर्मराइरहेको छ,कुनै पनि बेला यो टुट्न सक्छ ,फुट्न सक्छ ।’
तर,उनले गठबन्धन फुटाउन एमालेले चासो नदिएको जिकिर गरे । सत्ता गठबन्धन फुटिहाले एमालेले काँध थाप्छ कि थाप्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा पौडेलले भने, ‘के को काँध थाप्नु ? काँध थाप्ने÷नथाप्ने प्रश्नै होइन नि । पहिले गठबन्धन कुन रूपमा अगाडि बढ्छ हेरौँ न,’ पौडेलले भने ।
पौडेलले देशको विकासको बाधक नै अहिले गठबन्धन बनेको टिप्पणी गरे । ‘यो देशको अग्रगति र प्रगतिको लागि यो गठबन्धन प्रमुख बाधक बनेर उभिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते
-
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
-
बङ्गलादेशमा अर्जेन्टिनाको क्रेज : म्याराडोनाको जादुदेखि मेस्सीको मोहसम्म
-
राष्ट्रियसभा बैठक : बाढी पहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग
-
सम्पत्ति शुद्धीकरण विधेयकमाथि राष्ट्रिय सभामा एमालेको विरोध, अर्थमन्त्री वाग्लेलाई झाँक्रीको चुनौती
-
संसद छलेर अध्यादेश ल्याएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको विरोध, विधेयक समितिमा पठाउन माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण