विधेयक
निजामती कर्मचारीको अवकास उमेर ६० वर्ष प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता हुँदै
आइतबार, २० फागुन २०८०, १५ : ०३
काठमाडौँ । निजामती विधेयक प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट टुंगो लागेको छ । विधेयक आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्राप्त गरेको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराइले रातोपाटीलाई जानकारी दिए । विधेयक आजै संसद सचिवालयमा दर्ता हुने सम्भावना छ ।
‘प्रक्रिया चलिरहेको छ’ भट्टराइले भने । विधेयक २०७५ साल माघमा पहिलो पटक संसद्मा दर्ता भएको भएको थियो । २०७७ असारमा राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको थियो । तर, सो विधेयक प्रतिनिधि सभामा पेस भएपनि छलफल मै नआई निष्क्रिय भएको थियो । विधेयकले कर्मचारी समायोजनमा सहजता थप्ने विश्वास गरिएको छ ।
विधेयकमा निजामती सेवाको अवकास उमेर ५८ वर्षबाट ६० प्रस्ताव गरिएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक अहिलेसम्म संसद सचिवालयमा दर्ता नभएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण