शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको गिरावट, पर्यटक बढेपछि बढ्यो होटल समूहमा आकर्षण

आइतबार, २० फागुन २०८०, १५ : ३७
आइतबार, २० फागुन २०८०

काठमाडौँ । आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ११.७८ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि  घट्न थालेको नेप्से अन्तिमसम्ममा ०.५९ प्रतिशतले घटेर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १९६० अंकमा आएर रोकिएको छ ।

यसक्रममा आज ६७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर कायम भएको छ । यस्तै, नेप्से दोहोरो अंकले घट्दा २ अर्ब ८ करोड २७ लाख रुपैयाँ बराबरको ५५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.७० प्रतिशतले बढेको छ । प्रतिकित्ता ७४ रुपैयाँ बढेसँगै कम्पनीको समग्र मूल्य ८४० रुपैयाँ पुगेको छ । यस्तै, आज चिरख्वा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ७.४९ प्रतिशतले घटेको छ ।

सूचक दोहोरो अंकले घट्दा होटल तथा टुरिजम र उत्पादनमूलक उद्योगको सूचक बढेको छ । होटल समूहको सूचक २७ अंकले बढ्दा उत्पादनमूलक समूहको सूचक ४४ अंकले बढेको छ । 

यसबाहेक, सबै समूहको सूचकमा गिरावट आएको छ । आज व्यापार समूहको सूचक ७१ अंकले घट्दा निर्जीवन बीमा समूहको सूचक ५६ अंकले घटेको छ ।

यसक्रममा आज सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको १३ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यसपछि सिवम् सिमेन्टको ९ करोड ३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप