नेप्सेमा दोहोरो अंकको गिरावट, पर्यटक बढेपछि बढ्यो होटल समूहमा आकर्षण
काठमाडौँ । आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ११.७८ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से अन्तिमसम्ममा ०.५९ प्रतिशतले घटेर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १९६० अंकमा आएर रोकिएको छ ।
यसक्रममा आज ६७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर कायम भएको छ । यस्तै, नेप्से दोहोरो अंकले घट्दा २ अर्ब ८ करोड २७ लाख रुपैयाँ बराबरको ५५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.७० प्रतिशतले बढेको छ । प्रतिकित्ता ७४ रुपैयाँ बढेसँगै कम्पनीको समग्र मूल्य ८४० रुपैयाँ पुगेको छ । यस्तै, आज चिरख्वा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ७.४९ प्रतिशतले घटेको छ ।
सूचक दोहोरो अंकले घट्दा होटल तथा टुरिजम र उत्पादनमूलक उद्योगको सूचक बढेको छ । होटल समूहको सूचक २७ अंकले बढ्दा उत्पादनमूलक समूहको सूचक ४४ अंकले बढेको छ ।
यसबाहेक, सबै समूहको सूचकमा गिरावट आएको छ । आज व्यापार समूहको सूचक ७१ अंकले घट्दा निर्जीवन बीमा समूहको सूचक ५६ अंकले घटेको छ ।
यसक्रममा आज सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको १३ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यसपछि सिवम् सिमेन्टको ९ करोड ३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण